सलमान र यी अभिनेत्रीको छापिएको थियो विवाह कार्ड समेत, अहिले के गर्दैछिन त ?

एजेन्सी, बलिउड अभिनेत्री संगीता बिजलानीको छिट्टै ५५ औ जन्मदिन मनाउँदै छिन् । उनको जन्म ९ जुलाई १९६५ मा मुम्बईमा भएको थियो। संगीताले बलिउडमा धेरै काम गरिनन् तर बलिउडको दबंग एक्टर सलमान खानसंग अफेयर चलेपछि उनको नाम लामो समयसम्म चर्चाना रह्यो। संगीताले १६ वर्षको उमेरमा नै मोड्लिंग सुरु गरेकी थिइन्। यसपछि उनले धेरै एडमा काम गरिन् ।

१९८० सालमा संगीताले मिस इन्डिया युनिभर्सको ताज जितिन्। यसपछि उनले साउथ कोरियाको सियोलमा भएको मिस युनिभर्स पेजेन्टमा भारतलाई प्रतिनिधित्व गरिन् । जहा उनले ताज त जितिनन तर उनले बेस्ट नेशनल अवार्ड जितिन्। यसको एक वर्षपछि दुवैले विवाह गर्ने फैसला गरे। बताइएअनुसार उनको विहेको कार्ड पनि छापिएको थियो तर पछि उनीहरुको बिहे भएन।

यो विवाह संगीताले तोडेकी  थिइन्, किनकी त्यस समय सलमानको नाम सोमी अलीसंग जोडिएको थियो। खबरअनुसार सलामानले एक अन्तर्वार्तामा बताएका थिए कि उनीहरुको विवाह २७ मे १९९४ मा तय भएको थियो।  पछि १४ नोवेम्बर १९९६ मा संगीताले क्रिकेटर मोहम्मद अजहरुद्दीनसंग विवाह गरेकी थिइन्। तर उनीहरुको विवाह धेरै टिकेन। उनीहरुले २०१० मा ब्रेकअप गरे।

प्रकाशित : बिहिबार, साउन ३०, २०७६१३:२३

यस फिल्मको सेटमा ३० ओटा रोटी खान्थे सलमान खान, गरे निकै संघर्ष!