यस फिल्मको सेटमा ३० ओटा रोटी खान्थे सलमान खान, गरे निकै संघर्ष!

बलिउड अभिनेता सलमान खान आफ्नो फिल्म बाहेक  फिटनेसको लागि पनि चिनिन्छ। उनले कैयौँ स्टारलाई ट्रेनिंग पनि दिएका छन्। ५७ वर्षीय सलमान फिटनेसलाई लिएर सजग रहन्छन्।

वर्कआउट गर्दै गरेको सलमानको कैयौँ तस्विर र भिडियो सोशल मिडियामा भाइरल हुन्छ। तर यस्तो समय पनि थियो  जब सलमान निकै दुब्लो थिए र उनी तौल बढाउन फिल्मको सेटमा ३० ओटा रोटी खान्थे ।

सलमान खानले जब बलिउडमा  डेब्यू गरेका थिए तब उनी निकै दुब्लो थिए। एक अन्तर्वार्तामा सलमानले भने ,” करियरको सुरुवातमा मेरो  संघर्ष तौल बढाउनेमा हुन्थ्यो।

 फिल्म ‘मैंने प्यार किया’ को  सेटमा ३० रोटी र केरा खान्थे। अहिले सबै कुरा बद्लिएको छ। अहिले मैले खाना सुघे पनि तौल बढ्छ। अहिले सबै थोक मिलाएर खानुपर्छ। “

उनले बताए ,”मैले भारत र सुल्तानमा निकै कम समयमा तौल घटाउने र बढाउने क्रिया पुरा गरे र  भर्खरको उमेरको भूमिका र अलि बुढो भएको भूमिका निभाउन करिब १५ किलो तौल बढाउनु परेको थियो।” हालै सलमान खानले एक  बच्चीको भिडियो शेयर गरेका थिए। भिडियोमा एक बच्ची गित गाउदै थिइन्।

प्रकाशित : बिहिबार, साउन ३०, २०७६१३:२५

नीता अंबानीले कैयौँ पटक काटेकी थिइन् ससुराको फोन, यसरी भयो उनकै छोरासंग बिहे…