जसरी एक फिल्ममा एक भिलेन हिरोइनलाई समस्यामा पार्छ त्यसरी नै कमेडियनले फिल्ममा दर्शकलाई आफ्नो भूमिकाले हसाउने काम गर्छ । बलिउडको कमेडियनको बारेमा त थाहा होला तर आज कुरा गर्नेछौ साउथको कमेडियनको बारेमा।
ब्रह्मानंदम

साउथ इंडस्ट्रीमा एक कमेडियन यस्ता पनि छन् जसले लीड अभिनेतालाई पनि मात दिन सक्छन्ह। उनी हर फिल्ममा एक कमेडियन बनेर उपस्थित हुन्छन्। उनको नाम ब्रह्मानंदम हो । साउथ फिल्म इंडस्ट्रीमा ब्रह्मानंदमले यति धेरै हिट कमेडी फिल्म दिएका छन् कि उनलाई साउथमा कमेडी किंग मानिन्छ। कमेडी सुपर स्टार ब्रह्मानन्दमले आफ्नो नाम गिनीज बुक अफ वर्ल्ड रेकर्डमा राख्न सफल भएका छन्। उनले आफ्नो करियरमा १००० भन्दा धेरै फिल्ममा काम गरेका छन्।
वडिवेलू

वडिवेलू साउथको एक चर्चित कमेडियन हुन्। उनले कैयौँ तामिल फिल्ममा काम गरेका छन्। उनले २६० भन्दा धेरै फिल्ममा अभिनय गरेका छन्।
करुणास

करुणास, तामिल फिल्मको पपुलर कमेडियन हुन् । उनी तामिलको कैयौँ फिल्ममा मूख्य अभिनेताको भूमिका पनि निभाएका छन्। उनी एक राम्रो गायक र म्यूजिशियन पनि हुन्। उनको पूरा नाम करुणानिधि सेथु हो ।
अली

कमेडियन अली सिर्फ दक्षिण भारतमा मात्रै सिमित छन् । उत्तर भारतमा हिन्दी मुभी च्यानलमा आउने डब फिल्म मार्फत कैयौँ फ्यान भएका छन् । अलीको पूरा नाम मोहम्मद अली बाशा हो । अलीले तेलुगू, तमिल र हिन्दीमा गरि १००० भन्दा धेरै फिल्म खेलेका छन्। उनी पवन कल्याण र पुरी जगन्नाथको फिल्म सधैँ देखिन्छन्। उनले फिल्मफेयर पुरस्कार र दुई नंदी पुरस्कार जितेका छन्।
रघु बाबू

रघु बाबू तेलुगु फिल्मको एक परिचित नाम हो। उनी आफ्नो हास्य टाइमिंगको कारण चिनिन्छन्। रघु बाबूले तेलुगु फिल्मबाट नंदी अवार्ड पनि पाएका छन्।

