विवाह नगरी आमा-बुबा बने यी पाँच बलिउड कलाकार ! तर कसरी ?

एजेन्सी – अभिनेत्री माही गिल अहिले चर्चामा छिन्। विवाह नगर्दै आफू आमा बनिसकेको र आफू लिव इन रिलेशनशिपमा रहेको खुलासा गरेपछि माही मिडियामा छाइरहेकी हुन्।

उनले खुलासा गरेअनुसार माहिले साढे दुई वर्ष अगाडी नै एक छोरीलाई जन्म दिएकी थिइन्। विवाह नगर्दै सन्तान जन्माउने बलिउड कलाकारहरुमा माही मात्र नभई अन्य कलाकारहरु पनि छन्।

विवाह नगर्दै सन्तान जन्माइसकेका बलिउड कलाकारहरु निम्न छन्।

सुष्मिता सेन

पूर्व मिस यूनिवर्स सुष्मिता सेन विवाह नगर्दै आमा बनेकी थिइन्। सुष्मिता सन्तान जन्माएर नभई २५ वर्षको उमेरमा नै १ बालिकालाई “एडप्ट” गरेर आमा बनेकी थिइन्। उनले “एडप्ट” गरेका मध्ये सबै भन्दा ठूली छोरीको विवाह भैसकेको छ भने उनी अहिले अन्य दुई छोरीसंग बस्दै आएकी छन्। सुष्मिता प्राय आफ्ना छोरीसंगका तस्विरहरु सामाजिक संजालमा प्रयास शेयर गर्छिन्।

नीना गुप्ता

नीना गुप्ता अभिनेत्री, टीवी कलाकार र फिल्म डायरेक्टर तथा प्रोड्यूसर हुन्। नीनाले विवाह नगरी एक छोरीलाई जन्म दिएकी थिइन्। नीनाकी छोरी मसाबा गुप्ता एक चर्चित भारतीय फेशन डिजाइनर रहेकी छन्। अहिले सम्म उनले विभिन्न अभिनेत्रीहरुको लागि कपडा डिजाइन गरिसकेकी छन्।

करण जोहर

बलिउडका चर्चित डायरेक्टर, प्रोड्यूसर, एक्टर करण जोहर पनि विवाह नगर्दै पिता बनेका व्यक्तिहरुको सूचिमा पर्छन्। सन्तान प्राप्तिका लागि उनले सेरोगेसीको सहारा लिएका थिए। करणका एक छोरा र एक छोरी छन्। उनीहरुको नाम यश र रूही हो।

तुषार कपूर

तुषार पनि विवाह नगर्दै पिता बन्ने बलिउड कलाकारहरु मध्येमा पर्छन्। तुषारले पनि पिता बन्नको लागि सेरोगेसीको सहारा लिएका थिए। तुषारले आफ्ना छोराको नाम लक्ष्य राखेका छन्। तुषार समय-समयमा आफ्नो छोरासँगै सामाजिक संजालमा पनि झुल्किने गर्छन्।

एकता कपूर

बलिउडकी चर्चित प्रोड्यूसरको रुपमा रहेकी एकता पछिल्लो समय वेब-सिरिज निर्माण गर्नमा व्यस्त छिन्। विवाह नगर्दै एकता पनि आमा बनिसकेकी छन्। उनले पनि आमा बन्न सेरोगेसीको सहारा लिएकी थिइन्। उनका छोराको नाम रवि कपूर हो।

नोट- गर्भ भाडामा लिएर बच्चा जन्माउने प्रक्रियालाई नै सेरोगेसी भनिन्छ। यसको लागि एक महिलाबाट निकालेको डिम्ब र उनको श्रीमानबाट लिइएको शुक्र-कीटबाट कृत्रिम गर्भाधान गरेर भ्रुणको विकास गर्ने गरिन्छ । उक्त भ्रुणलाई भाडामा लिइएकी महिलाको पाठेघरमा राखी बच्चा जन्माइन्छ ।

अस्पतालको प्रत्यक्ष निगरानीमा मात्र यस्तो सेवा सम्भव हुने गर्छ । श्रीमान्–श्रीमती र बच्चा जन्माउने महिलाबीचको सम्झौतामा यो प्रक्रिया अघि बढ्छ । त्यसरी भाडामा कोख दिने महिलालाई सेरोगेसी मदर भनिन्छ । उनीहरूले निश्चित रकम लिएर कोख भाडामा लगाउने गर्छन् ।

प्रकाशित : बिहिबार, साउन ३०, २०७६१३:३६

कलेज पढ्दाको समयमा यस्ता देखिन्थे बलिउडका यी सफल अभिनेताहरु ! हेर्नुहोस