क्यान्सर भन्ने बितिकै मान्छेहरु मृत्यु सम्झेर आत्तिन गरेका छन् । तर यस्तो सोच्नु बिल्कुलै गलत हुन्छ । क्यान्सरको पनि केहि स्टेज हुने गर्छन,जुन बारे हरेक व्यक्ति जानकार रहन जरुरी छ । यदि हामीहरुले क्यान्सरको प्राम्भिक पहिचान गर्न सकेनौ भने यसले खतरनाक परिस्थिति निम्त्युना सक्छ जसले हाम्रो ज्यान सम्म लिन सक्छ । परम्भिक चरणमा यसको पहिचान गर्न सकेमा यसको उपचारका लागि सजिलो हुने र मृत्यु बाट बच्न सकिन्छ ।
महिलाहरुलाई भन्दा पुरुषहरुलाई क्यानसर हुने खतर धेरै हुने अनुसन्धनहरुको बुझाइ छ। एक अध्ययनका अनुसार, पुरुषमा क्यान्सरबाट मृत्यु हुने ३१ प्रतिशत फोक्सो को क्यान्सर बाट , प्रोस्टेट बाट १० प्रतिशत, कोलोरेक्टल बाट ८ प्रतिशत प्यान्रेट्रेटिक बाट 6 प्रतिशत र ४ प्रतिशत कलेजोको क्यान्सरबाट मृत्यु हुने गरेको पाइएको छ । त्यसकारण, यसको प्रारम्भिक लक्षणहरू बारे जानकार रहन आवश्यक देखिनछ ।
आंतहरूमा समस्या
कुनै बेला छोटो समय आंतमा समस्या आउनु सामान्य समस्या भएपनि लामो समय पोल्नु वा अरु कुनै समस्या आएको अवस्थामा, कोलोरेक्टल क्यान्सर ,को सुरुवात लक्षण हुनसक्छ । डायरिया वा पाचन प्रणालीको समस्या यसका अन्य लक्षणहरु हुन् । पेट दुख्ने अर्थात् पेटमा ग्यास भरिने जस्ता समस्याहरु देखापर्ने हुँदा समयमा नै सचेत रहनु आवश्यक छ ।
रगत बग्ने समस्या
शरिरको कुनै अंग बाट लगातार रगत बग्ने समस्या छ भने यो क्यान्सर को लक्षण हुनसक्छ । यस्तो अवस्थामा कुनै संक्रमित व्यक्तिले शौच गर्ने क्रम मा मलद्वार बाट रगत बाहिर जना सक्छ । यस्तो हुँदा कोलोरेक्टल क्यान्सरको सम्भावना हुन्छ । यद्यपि यो समस्या ५० बर्ष पछि मात्र देखिने भएपनि वर्तमान परिस्थितिमा मान्छेहरुले भोग्न बाध्य भएका, प्राकृतिक असरहरुले गर्दा यस भन्दा कम उमेरका मान्छेहरुमा समेत यो क्यान्सर देखिने गरेको छ ।
मूत्राशय मा समस्या
यदि कुनै व्यक्तिहरुमा मुत्र बिसर्जनको समयमा केहि समस्या र रगत समेत देखापर्ने गर्छ भने त्यो प्रोस्टेट अर्थात् डिम्बग्रंथि क्यान्सरको लक्षण हुनसक्छ । मुत्र बिसर्जन गर्दा देखिने यी समस्याहरु क्यान्सरका प्राम्भिक लक्षण हुन सक्ने भएकाले समयमा नै यसबारे सचेत रही पछिका दिनहरुमा हुन सक्ने खतरनाक क्षतिबाट बच्न आवश्यक छ ।
टेस्टिकल्स मा परिवर्तन
टेस्टिकल्स मा केही परिवर्तन देखियो भने टेस्टिकुलर क्यान्सरको लक्षण हुनसक्छ । टेस्टिकल्सको आकार बढ्ने घट्ने समस्या हुँदा तपाईको पहिरनमा समेत असजिलो महशुस हुनसक्छ । यदि यस्तो असजिलो परिस्थितिको अनुभब गर्नु भएको अवस्थामा सचेत रहन आवश्यक हुन्छ किनकि यो टेस्टिकुलर क्यान्सरको लक्षण समेत हुने भएकाले यसको बेवास्था गरेमा भबिष्यमा ठुलो दुर्घटना निम्तिन सक्छ । यो क्यान्सर सामान्यतय २० देखि ४० वर्ष उमेरका व्यक्तिहरुमा देखिने गर्छ ।
ढाड दुख्ने समस्या
कामको अध्याधिक चापका कारण ढाड दुख्न समस्या समन्य मानिन्छ । कामको सिलसिलामा,कार्यालयमा लामो समय असजिलो असन गर्द समेत
ढाड दुख्न सक्छ । तर यदी लामो समयसम्म लगातार ढाड दुख्ने समस्या भएमा यो कोलोरेक्टल वा प्रोस्टेट क्यान्सरको समस्या हुनसक्छ । यो अवस्थामा ढाड बाहेक कम्मर वरिपरीका मंसपेसी दुख्ने समस्या आउन सक्छ ।
वजन घट्ने समस्या
यदी कुनै व्यक्तिको वजन बिनाकारण बिस्तारै घट्दै गएको छ भने यो कुनै क्यान्सरको प्राम्भिक लक्षण हुनसक्छ। यदि शरिरको वजन १० पाउण्ड भन्दा कम भयो भने यसलाई निश्चित रुपमा क्यान्सर को प्राथमिक लक्षण को रूप मा बुज्न सकिन्छ।
लगातार खोकी लाग्ने समस्या
चिसो र फ्लूको अलावा, सिगरेट सेवन गर्ने व्यक्तिलाई सम्यताया खोकी लाग्ने गर्छ। तर बिना कारण लामो समय सम्म खोकी लाग्ने समस्या भएमा यो पनि क्यान्सरको प्रारम्भिक लक्षण हुनसक्छ । यसरी लगातार खोकी लाग्दा कुनै बेला मुखबाट रगत आएमा यो समस्यालाई गम्भीर रुपमा लिनुपर्दछ र यसलाई नजिकैको स्वस्थ संस्थामा गएर जाँच गराउनु पर्छ ।
थकाई लाग्ने समस्या
कुनै कार्य बिना लगातार शरिर थकित अर्थात् आलश्य महशुस हुनु क्यान्सरको लक्षण हो । शरिरमा कुनै रोग बिना नै दैनिकै जसो देखिने यो अवस्था क्यान्सर को पहिलो स्टेज हुने भएकाले यसको जाँच गर्न आवश्यक हुन्छ । यस्तो क्यान्सर भएमा हात-खुट्टा नचल्ने समस्या आउन सक्ने हुँदा समयमा नै यसको उपचार गर्न डाक्टरहरुले सल्लाह दिएका छन् ।
लगातार ज्वरो आउनु
ज्वरो पनि क्यान्सरको एउटा समन्य लक्षण हो । क्यान्सरको कारण, शरीरको रोग-प्रतिरोधक क्षमता कम हुदैँ जान्छ जसको कारण शरीर रोगहरूबाट बच्न असमर्थ हुन्छ र प्राय शरिरमा ज्वरो आउने समस्या रहीरहन्छ ।यसरि लगातार आइराख्ने ज्वरोले ब्लड क्यान्सर,ल्यूकेमिया र अन्य धेरै रोगको लक्षण बताउन सक्छ । त्यसैले यस्ता रोगहरुबाट बच्न , आफू सचेत रहन जरुरि छ । यी लक्षणहरु लाई बेवास्ता गरेमा भबिष्यमा ठुलो क्षति हुनुको साथै ज्यान जाने सम्म को खतरा रहन सक्छ ।
छालामा आउने परिवर्तन
छालामा हुने असामान्य परिवर्तन क्यान्सरको प्रारम्भिक लक्षण हुन सक्छ। यदि कुनै व्यक्ति को छाला सुस्त वा दिनहुँ जसो कालो हुदैँ गएको अवस्थामा यसलाई क्यान्सरको लक्षण भनेर बुज्न सकिन्छ । शरिरको विभिन्न अंग अगाडी मात्र नभई बस्त्र भित्रको भाग समेत कालो हुदैँ जानेछ ।
अहिले पनि नेपालमा क्यान्सरकै कारण बर्षिनै हजारौ व्यक्तिले ज्यान गुमाउनु गरेका छन् । प्राय मान्छेहरुको मृत्यु आफ्नै व्यक्तिगत लापर्बाहीका कारण हुने गरेको छ । यदि हामीहरुले क्यान्सरको परम्भिक लक्षण देखापर्ने बितिकै साबधानी अपनाएमा यसलाई सजिलै रोकथाम गर्न सकिन्छ र भबिष्यमा हुनसक्ने क्षतिबाट जोगिन सकिन्छ । क्यान्सर एउटा यस्तो भयानक रोग हो जुन परम्भिक अवस्थामा पहिचान सकेमा मात्र रोकथाम गर्न सकिन्छ र यस अवस्था नाघीसके पछि यसको उपचार सम्भब नहुने र अकाल मै ज्यान गुमाउनु पर्ने भएकाले समयमा नै सचेत रहन आवश्यक छ ।