कस्मिरमा भिडन्त हुँदा ३ पाकिस्तानी सैनिक र ५ भारतीय सैनिकको ज्यान गयो ! युद्ध शुरु ?

एजेन्सी – कस्मिरस्थिति भारत र पाकिस्तानको सिमा क्षेत्रमा भारतीय सैनीक र पाकिस्तानी सैनिक बीच भिडन्त भएको छ।

पाकिस्तानी पक्षले दावी गरेका अनुसार भिडन्तमा परी ३ पाकिस्तानी सैनिकको ज्यान गएको छ भने भारतीय पक्षका पनि केहि सैनिकको ज्यान गएको छ।

पाकिस्तानी सेनाका प्रवक्ताले ट्वीट गर्दै बिहिबार राती ३ जना सैनिकको ज्यान गएको र ५ भारतीय सैनिक मारिएको जानकारी गराएका हुन्। शुरुमा भारतीय पक्षले फायर खोलेपछि गोलाबारी भएको बताइएको छ।

“भारतको कब्जामा रहेको जम्मु–कश्मीरको अनिश्चितताबाट ध्यान हटाउन भारतीय सेनाबाट नियन्त्रण रेखामा गोलीबारी भएको छ । तीन पाकिस्तानी सैनिक शहीद भएका छन् । पाकिस्तानी सेनाले पनि प्रभावकारी उत्तर दिएको छ । ५ भारतीय सैनिक मारिएका छन् र अन्य कैयौँ घाइते भएका छन् । बंकर ध्वस्त पारिएको छ । दुवैतिरबाट धेरै गोलीबारी जारी छ ।”, पाकिस्तानी सेनाका प्रवक्ताले ट्वीटमा भनेका छन्।

यता भारतीय पक्षले भने पाकिस्तानी दावीको खण्डन गरेको छ। भारतका अनुसार त्यस क्षेत्रमा कुनै पनि भिडन्त भएको छैन। भारतले जम्मु–कस्मिर राज्यलाई दिइएको विशेष संवैधानिक सुविधा खारेज गरेसँगै भारत-पाकिस्तान बीचको सम्बन्ध थप बिग्रिएको छ।

प्रकाशित : शुक्रबार, साउन ३१, २०७६०३:०८

लिबियामा डुंगा पल्टियो, १५० भन्दा बढीको मृत्यु भएको आशंका !