लिबियामा डुंगा पल्टियो, १५० भन्दा बढीको मृत्यु भएको आशंका !

लिबिया , लिबियाको भू मध्य सागरको समुन्द्री तटमा बिहिवार आप्रवासीले भरिएको डुंगा पल्टिदा ११५ जनाको मृत्यु भएको आशंका गरिएको छ।  डुंगामा सवार २५० मध्ये १३४ को सकुशल उद्धार गरिएको र बाकी ११५ जना आप्रवासी समुन्द्रमा अझै बेपत्ता रहेको बताईएको छ।

संयुक्त राष्ट्र मानवाधिकार आयोगका अध्यक्ष फिलिप्पो ग्रैंडीले ट्वीट मार्फत लिबियामा यस बर्षको सबैभन्दा खतरनाक डुंगा दुर्घटना भएको जनाएका छन।

डुंगामा अधिकांश मात्रामा अफ्रिकी र अरबी देशका यात्रुहरु सवार थिए। डुंगा त्रिपोलीको पुरबस्थित कोमसको नजिकै दुर्घटनाग्रत भएको हो। यस दुर्घटना पश्चात यस वर्ष मात्र भू मध्य सागरमा डुंगा दुर्घटनामा परि हालसम्म ६०० भन्दा बढीको ज्यान गईसकेको बताईएको छ।

 

 

 

प्रकाशित : आइतबार, भदौ ०१, २०७६०६:५३

अशक्त प्रहरी कर्मचारीलाई स्कुटर