फिफा वर्ष खेलाडी अवार्डमा मेस्सी र रोनाल्डोलाई भान डाइकको चुनौती ! कसले मार्ला बाजी ?

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्दै आएको सन् २०१९ को उत्कृष्ट फिफा वर्ष खेलाडी अवार्ड आज राति इटालीको मिलानमा विशेष कार्यक्रमबीच प्रदान गरिँदैछ।

सन् २०१९ को उत्कृष्ट फिफा वर्ष खेलाडी अवार्डको लागि फिफाले यस अगाडी नै मनोनयनको सूची सार्वजनिक गरिसकेको छ। अवार्डका लागि मनोनयनमा परेका लियोनल मेस्सी, भर्जिल भान डाइक र क्रिस्टियानो रोनाल्डो बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।

गत सिजन टोटेनहमलाई हराउँदै छैटौं पटक च्याम्पियन्स लिग उपाधि जितेको लिभरपुलका भर्जील भान डाइकले मेस्सी र रोनाल्डोलाई कडा टक्कर दिने स्पष्ट देखिन्छ।

मेस्सी र रोनाल्डो जस्ता खेलाडीलाई पछि पार्दै भर्जील भान डाइकले यसै वर्ष विभिन्न युरोपियन अवार्ड समेत हात पारिसकेका छन्। युरोपेली फुटबल महासंघ (यूईएफए) को उत्कृष्ट वर्ष खेलाडीको अवार्ड भर्जील भान डाइकले “बाजी” मारेका थिए।

फिफाले अन्य विधाको अवार्डका लागि अन्तिम तीनको मनोनयन समेत सार्वजनिक भैसकेको छ। फिफाले सार्वजनिक गरेको अन्य विधाका मनोनयन निम्न छन्।

यस्तो छ सबै विधाको मनोनयन

उत्कृष्ट पुरुष खेलाडी

१) लियोनल मेस्सी (बार्सिलोना÷अर्जेन्टिना)

२) क्रिस्टियानो रोनाल्डो (युभेन्टस÷पोर्चुगल)

३)  भर्जिल भान डाइक (लिभरपुल÷नेदरल्यान्ड्स)

उत्कृष्ट महिला खेलाडी

१) मेगन रापिनो (अमेरिका)

२) एलेक्स मोर्गन (अमेरिका)

३) लुसी ब्रोन्ज (इङ्ल्यान्ड)

उत्कृष्ट पुरुष प्रशिक्षक

१) पेप ग्वार्डीओला (म्यानचेस्टर सिटी)

२) योर्गेन क्लप (लिभरपुल)

३) माउरिसिओ पोचेटिनो (टोट्टनहाम)

फिफा पुस्कास अवार्ड

१) लियोनल मेस्सी (बार्सिलोना÷अर्जेन्टिना)

२) जुआन फेर्नान्डो क्वेटेरो (रिभर प्लेटर÷कोलम्बिया)

३) डेनियल जसोरी (डेब्रेसेनी÷रोमानिया)

उत्कृष्ट पुरुष गोलरक्षक

१) एलिसन बेकर (लिभरपुलर÷ब्राजिल)

२) एन्डरसन (म्यानचेस्टर सिटी÷ब्राजिल)

३) मार्क टेर स्टेगेन (बार्सिलोना÷जर्मनी)

उत्कृष्ट महिला गोलरक्षक

१) हेडभिग लिडहल (स्वीडेन)

२) क्रिस्टियन एन्डलर (चिली)

३) सारी भान भीनेनडाल (नेदरल्यान्ड्स)

उत्कृष्ट महिला प्रशिक्षक 

१) जील एल्लिस (अमेरिका)

२) फिल नेभील (इङ्ल्यान्ड)

३) सरिना वियगमन (नेदरल्यान्ड्स)

प्रकाशित : सोमबार, असोज ०६, २०७६०५:२८

टि-२० अन्तर्राष्ट्रिय इतिहासमा बंगलादेशसँग भारतको पहिलो हार !