टि-२० अन्तर्राष्ट्रिय इतिहासमा बंगलादेशसँग भारतको पहिलो हार !

एजेन्सी – विकेटकीपर मुश्फिकुर रहिमले उत्कृष्ट अर्धशतक प्रहार गरेपछि बंगलादेशले तीन टि ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा भारतमाथि सानदार जित निकालेको छ । बंगलादेशले भारतलाई ७ विकेटले हराएको हो । टि-२० अन्तर्राष्ट्रिय इतिहासमा नै बंगलादेशले भारतलाई पहिलो पटक पराजित गरेको हो ।

जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । बंगलादेशको जितमा नायक बनेका विकेटकीपर मुश्फिकुर रहिमले ४३ बलमा ८ चौका र १ छक्का सहित ६० रनमा अविजित रहे । मुश्फिकुरले १९ औं ओभरमा खलिल अहमदलाई अन्तिम चार बलमा लगातार चार चौका प्रहार गरेपछि जित पक्का बनेको थियो ।

सौम्य सरकार ३९ रनमा बोल्ड आउट भए । १७ ओभरको अन्तिम बलमा खलिल अहमदले सरकारलाई बोल्ड आउट गरेका थिए । सरकारले ३५ बलमा १ चौका र २ छक्का प्रहार गरे । ओपनर लिटन दास ६ रनमा आउट भए । त्यस्तै अर्का ओपनर मोहम्मद नइमले २८ बलमा २ चौका र १ छक्का सहित २६ रनको योगदान दिए । महमुदुल्लाह १५ रनमा अविजित रहे । शिवम दुबेलाई महमुदुल्लाहले छक्का प्रहार गर्दै जित पक्का गरे । भारतका खलिल अहमद, युजभेन्द्र चहल र दीपक चाहरले समान १ विकेट लिए ।

त्यसअघि अरुण जेटली स्टेडियम दिल्लीमा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो । भारतका ओपनर तथा कप्तान रोहित शर्मा ९ रनमा आउट हुँदा शिखर धवन ४२ बलमा ३ चौका र १ छक्का सहित ४१ रनमा रन आउट भए ।

लोकेश(केएल) राहुल १५, श्रेयर ऐर २२, ऋषभ पन्त २७, शिबम दुबे १ रनमा आउट हुँदा क्रुनाल पान्ड्या १५ र वाशिन्टन सुन्दर १४ रनमा अविजित रहे । बंगलादेशका शफीउल इस्लामा र अमिनुल स्लामले समान २ विकेट लिए । आफिफ हसैनले १ विकेट लिए । दोस्रो टि ट्वान्टी खेल बिहीबार राजकोटमा हुने छ ।

प्रकाशित : सोमबार, कार्तिक १८, २०७६०२:५१

पोर्चुगल युरोकपमा छनोट : रोनाल्डो अन्तर्राष्ट्रिय १०० गोल नजिक !