संविधान विरुद्ध बोल्ने मुख्यमन्त्री राउतलाई गगनको चुनौती – सरकारबाट हटेर दखाउनुस्

काठमाडौँ – सरकारमा बसेर संविधानको विरोध गर्नेहरुलाई नेपाली कांग्रेसका नेता गगन थापाले कडा चुनौती दिएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता थापाले सरकारमा बसेर संविधानको विरोध गर्नेहरुलाई संविधानकै आधारमा बनेको संघीय सरकारबाट हटेर देखाउन चुनौती दिएका हुन्।

मंगलबार जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा थापाले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा भएको बताए।

प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत सरकारमै बसेर बिरोधाभाष अभिव्यक्ति दिनु निर्लज्जता हुन जाने उनको बुझाइ छ। उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भिडेर संघीय सरकारबाट हट्न उनको चेतवानी छ।

संविधानमा केही कमिकमजोरी रहेपनि जनताको संविधान रहेको हुँदा कांग्रेसले संविधानको रक्षा गर्ने पनि उनले स्पष्ट पारे।

सरकारको बेइमानीमा समाजवादी पार्टी साझेदार बनीरहेको उनको आरोप छ। शक्ति र सत्ताको आडमा नेकपा सरकारले गरेको ज्यादती विरुद्ध आवाज उठाउनु पर्ने समय आइसकेको उनको बुझाइ छ।

सरकारले गरेको बेइमानी विरुद्ध संसदलाई सडकसँग लगेर जोड्ने काम कांग्रेसले गर्नु पर्ने र दशैँ लगतै सडक संर्घषमा उत्रिने उनको चेतवानी छ।

चेतावनी दिँदै उनले भने,”संसदको शक्तिको दुरुपयोग गर्ने सरकारको प्रयासको प्रतिरोध दशैं पछाडी कांग्रेसले गर्छ।”

प्रकाशित : मङ्गलबार, असोज ०७, २०७६०६:०६

दशैँ लगतै सडकमा आउने गगन थापाको चेतावनी !