यस्ता प्रकृतिका हुन्छन् जनवरीमा जन्मेका व्यक्तिहरु, जान्नुहोस राम्रा र नराम्रा बानीहरू

जनवरी महिनामा जन्मेका मानिसहरु पूर्ण रुपमा फरक हुने गर्दछन्। यद्यपि यी मानिसहरूका कैयौं राम्रा बानीहरु हुन्छन्। तर यस्ता धेरै कुराहरू छन् जसले यी मानिसहरूलाई अन्य भन्दा निकै फरक बनाउँदछ। के तपाईको जन्मदिन पनि  जनवरी महिना मै पर्छ? त्यसो भए आउनुहोस् जनवरी महिनामा जन्मेका मानिसहरुका स्वभावका बारेमा केहि राम्रा र नराम्रा कुराहरुको चर्चा गरौ।

१. जनवरी महिनामा जन्मेका मानिसहरु आफुलाई ‘फित’ राख्न राम्रोसँग जान्दछन्। उनीहरूलाई हेरेर उनीहरूको उमेर पत्ता लगाउन निकै नै गाह्रो हुन्छ।

२. जनवरीमा जन्मेका मानिस जन्मजात नेता स्वभावका हुन्छन् र यी व्यक्ति जहिले पनि नेतृत्व गर्न अगाडि रहन्छन्। यी व्यक्तिहरू निकै आकर्षित किसिमका हुन्छन् र जो कोहीलाई पनि एकै पटकको भेटमा नै फरक छाप छोड्न माहिर हुन्छन्।

३. यस महिनामा जन्मेका व्यक्तिहरु आफैमा खुशी रहन्छन् साथै खुशी बाँड्न र बटुल्न पनि सिपालु हुन्छन्।

४. उनिहरु अरुको कुरा नसुनि आफै निर्णय लिन्छन्। निर्णय लिने सन्दर्भमा अर्को व्यक्तिको सुन्न ठिक मान्दैनन्, जसको कारण व्यक्तिहरुले यिनलाई मन नपाउन सक्छन्।

५. यस महिनामा जन्मेका महिलाहरू पनि अधिक स्टाइलिश हुन्छिन्। उनीहरुसँग फेसनको राम्रो ज्ञान हुन्छ। यस कारण यी महिलाहरु निकै सुन्दर देखिन्छिन्।

६. जनवरी महिनाका व्यक्तिहरु प्रेमको कुरामा एकदम इमान्दार हुन्छन्। एक पटक कसैको प्रेममा पर्यो भने, उनिहरूले प्रेमलाई सफल पार्न केहि कसर छोड्दैनन्।

जनवरी महिनामा जन्मेका व्यक्तिका केही खराब बानी

१. जनवरीमा जन्मेका व्यक्तिहरूले आफ्ना कमि-कमजोरीहरुलाई बेवास्ता गर्छन्।

२. उनिहरु त्यति सजिलै मानिसलाई पहिचान गर्न सक्दैनन् त्यसैले उनीहरु प्राय: ठगिन्छन्।

३. केहि कुरा पुरा सुन्नु अघि नै आफ्नो प्रतिक्रिया दिनु, जनवरी महिनामा जन्मेका व्यक्तिहरुका सबै भन्दा ठुलो समस्या हो।

४. उनीहरु रिस उठ्दा केहि नसोची बोल्छन्, कहिले काही त कट्टरपनको हद पनि पार गर्छन्।

५. यी व्यक्तिहरूले अरूको समयको कहिले कदर गर्दैनन्।

भविष्य

जनवरीमा जन्मेका व्यक्तिको भविष्य एकदमै उज्जवल हुने देखिन्छ। यी महिनामा जन्मेका मानिसहरू निकै पारिश्रमीक हुने गर्दछन्। उनीहरूको कडा परिश्रमको आधारमा उनीहरूले प्रत्येक क्षेत्रमा आफ्नो नाम राख्नेगर्छन्। यस बाहेक, जनवरीमा जन्मेका मानिसहरुको भाग्यमा सुवातदेखिनै धनी हुने योग हुन्छ।

शुभ अंक:  ५, ३, १

शुभ रंग: गाढा निलो, रातो, पहेलो

शुभ दिन: बिहीबार, शुक्रवार, आइतवार

प्रकाशित : शुक्रबार, पुष १८, २०७६१४:१६

कस्तो रहला सन् २०२०को पहिलो महिना ? हेर्नुहोस् मासिक राशिफल !