विश्वमा कुल १९५ देशहरू छन्। ती मध्ये केही धेरै ठूलो छन् भने केहि यस्ता पनि देशहरू छन् जो निकै साना छन्। आज हामी संसारका त्यस्तै केही साना देशहरूको बारेमा चर्चा गर्न जाँदैछौं, जसको बारेमा जानेर तपाईहरु पनि चकित हुनुहुनेछ। संसारमा यस्ता देशहरु पनि छन्, जुन देशको सायद तपाईले नाम पनि सुन्नुभएको छैन होला। आउनुहोस् यी देशहरूको बारेमा जानौं …
माल्टा
तपाईहरुले माल्टाको बारेमा कहिँ कतै कसैको मुखबाट सुन्नु भएको होला। भूमध्य सागरमा अवस्थित सातवटा टापुहरूको समूहबाट भनेको यस देशको क्षेत्रफल केवल ३१६ वर्ग किलोमिटर छ। यस सानो देशको जनसंख्या करीव साढे चार लाख मात्र छ। सन् १९६४ मा स्वतन्त्र भएको माल्टामा रोमन, फ्रान्सेली र बेलायती मानिसहरूले विभिन्न कालखण्डमा शासन गरेका थिए। यो देशको धेरै ऐतिहासिक महत्त्व छ। यही कारणले गर्दा लाखौं पर्यटकहरु यहाँ घुम्न आउँने गर्दछन्।
माल्दिभ्स
हिन्द महासागरमा रहेको माल्दिभ्स, एक टापु राष्ट्र हो। संसारको सबैभन्दा सानो देशहरुमा माल्दिभ्स पनि पर्दछ। यो जनसंख्या र क्षेत्रफल दुबै कुरामा सबै भन्दा सानो देशहरुमा पर्दछ। २९८ वर्ग किलोमिटरमा फैलिएको यस देशको जनसंख्या करीव साढे चार लाख रहेको छ। १९६६ मा स्वतन्त्र भएको यो देश, पर्यटकहरूका लागि सुन्दर र लोकप्रिय पर्यटन गन्तव्य बनेको छ।
सेन्ट किट्स एंड नेभिस
क्यारेबियन सागरमा अवस्थित सेन्ट किट्स एंड नेभिस एक टापु देश हो। वास्तवमा, यी दुई सुन्दर टापुहरू हुन्, जुन क्रिस्टोफर कोलम्बसले १४९८ मा पत्ता लगाएका थिए । १९८३ मा स्वतन्त्र भएको यस देशको जम्मा क्षेत्रफल २६१ वर्ग किलोमिटर रहेको छ। जसमध्ये सेन्ट किट्स १६८ वर्ग किलोमिटरमा फैलिएको छ भने नेभिस केवल ९३ वर्ग किलोमिटरमा फैलिएको छ। यस देशको कुल जनसंख्या लगभग ५० हजार रहेको छ।
मार्शल आइल्याण्ड
प्रशान्त महासागरको बीचमा अवस्थित यो माइक्रोनेसियन देश मार्शल, विभन्न टापुहरु मिलेर भनेको देश हो। यस देशमा १०० भन्दा बढी टापुहरू छन्। यसलाई हजार टापुहरूको देश पनि भनिन्छ। सन् १९८६ मा स्वतन्त्र भएको यस देशको जनसंख्या करीव ६२ हजार रहेको छ। यो सानो देशको पनि आफ्नै संविधान र झण्डा छ। यद्यपि यहाँको मुद्रा अमेरिकी डलर हो।
लिकटेनस्टेन
१६० वर्ग किलोमिटरमा फैलिएको यस देशको नाम लिकटेनस्टेन हो, जुन अष्ट्रिया र स्विजरल्याण्डको बीचमा अवस्थित छ। यस देशको जनसंख्या करीव ४० हजार रहेको छ। तर तपाई यो कुरा जानेर चकित हुनुहुनेछ कि यो प्रति व्यक्तिको हिसाबमा जीडीपीद्वारा विश्वको सबैभन्दा धनी देश हो। यहाँ बेरोजगारी दर सबैभन्दा कम रहेको छ।
सान मारिनो
करीव ३० हजार जनसंख्या भएको यस देशको नाम सान मारिनो हो, जुन केवल ६१ वर्ग किलोमिटरमा फैलिएको छ। इटालीले चारैतिरबाट घेरिएको यो देश युरोपको सबैभन्दा पुरानो गणतान्त्रिक देश हो। जुन ३०१ ईस्वी संवतमा स्थापना भएको थियो। यस देशको सबै भन्दा अचम्मको कुरा त यो हो कि यस देशको ट्रेनहरूको संख्या यहाँको जनसंख्या भन्दा पनि बढी रहेको छ।
तुभालु
नाम सुन्दै अचम्म लाग्ने टुभालु नामको यो देश पोलिनेसियन टापु हो, जहाँ प्रशान्त महासागरमा हवाई र अष्ट्रेलियाको बीचमा अवस्थित छ। यो चारवटा टापुहरू मिलेर बनेको देश छ। १९७९ मा बेलायतीबाट स्वतन्त्र भएको यस देशको जनसंख्या करीव १२ हजार रहेको छ। यस देशको राष्ट्रिय भाषा टुभालुयाई र अंग्रेजी हो।
नाउरु
मात्र २१ वर्ग किलोमिटरमा फैलिएको यस देश नाउरु विश्वको सबैभन्दा सानो टापु हो। यस देशको जनसंख्या १४ हजार रहेको छ। ६० एवं ७० को दशकमा यस देशको मुख्य आम्दानी फोस्फेत खानीबाट हुने गर्दथ्यो। तर अत्यधिक मात्रामा निकालेको कारणले फोस्फेत निक्लिन छोड्यो। र अहिले यस देशमा नरिवल उत्पादन गरिन्छ।
मोनाको
दुई वर्ग किलोमिटर भन्दा कममा फैलिएको यस देशको नाम मोनाको हो। यो विश्वको दोस्रो सबैभन्दा सानो देश हो, तर यसको जनसंख्या लगभग ४० हजार रहेको छ। तर सानो भएता पनि यो देश विश्वको धनी देशहरु मध्ये एक हो। यस देशमा करोडपतिहरु संख्या निकै धेरै रहेको छ।
भेटिकन सिटी
तपाईले भेटिकन सिटीको नाम भने सुनेको हुनुपर्छ। यो संसारको सबै भन्दा सानो देश हो। केवल ४४ हेक्टरमा फैलिएको यो देश चारै तिरबाट रोमले घेरेको छ। यसलाई एउटा पवित्र देश मानिन्छ। किनकि यस देशमा विश्वको सबै भन्दा ठूलो क्याथोलिक चर्च रहेको छ। यो सानो देशसँग मात्र १.२ किलोमिटरको रेलवे लाइन छ जुन विश्वको सबै भन्दा सानो रेल प्रणाली हो।