ऋतिक रोशनद्वारा यस फिल्मको चरित्र खेल्न गम्भीर असफल, आफैले गरे यस्तो ठूलो खुलासा

बलिउडका हरेक कलाकारहरुलाई उनको अभिनयबाट चिनिने गर्दछ। तर कहिले काही कलाकारको विशेष अभिनय हुदा पनि फिल्म सफल हुन सक्दैन।  त्यस बेला अभिनेताहरु आफ्नो कमजोरी लुकाउन फिल्मको कथालाई दोष दिने र आफु किनारा लाग्ने गर्दछन् ।

तर त्यस्ता कलाकार कमै मात्र पाइन्छ जसले कथाको गल्ति नदेखाएर आफैमा खोट देखाउछन् । तर आलिया र ऋतिकले भने सबैको सामु आफ्नो कमजोरीहरु प्रकट गरेर प्रशंसकहरुका मन जित्न सफल भएका छन्।

केही समय अघि आलिया भट्टले आफ्नै बेकार जीकेको बारेमा बनेको स्पूफ भिडियोमा आफैले अभिनय गरिन्। र आलियाले गरेको यस कामबाट सबैको मन जित्नुका साथै सबैले प्रशंसा पनि गरे।

यसै गरि ऋतिकले पनि आफुले गरेको अभिनयमा आफैले त्रोल गरेका छन्।  उनले आफैले खेलेको फिल्म ‘मैं प्रेम की दिवानी हूं’ मा आफैले निभाएको ‘प्रेम’ पात्रको त्रोल गरेका छन्।

हालसालै जब ऋतिकलाई एक अन्तर्वार्तामा सोधिएको थियो कि, ‘के तपाईलाई कहिल्यै कुनै पात्र खेल्न भनिएको छ, जसले गर्दा तपाईले धेरै कठिनाइहरुको सामना गर्नुपर्‍यो? जुन अभिनयको नजरबाट तपाईलाई निकै गाह्रो महसुस भएको थियो? र यदि छ भने, तपाई त्यो पात्र निभाउन कसरी तयारी हुनु भयो?’

यस प्रश्नको जवाफमा ऋतिकले भने, ‘हो त्यस्तो मलाई परेको छ। यो चरित्र राम्रोसँग खेल्न म असफल भएको थिएँ। त्यो फिल्म ‘मैं प्रेम की दिवानी हूं’ थियो।’

यो सुनेर त्याहा भएका सबै मानिस हाँस्न थाले किनकि त्यस फिल्ममा ऋतिकले गरेको अति उत्साहित र अति नाटकीय अभिनयका लागि मानिसहरुले निकै ट्रोल बनाएका थिए।

प्रकाशित : मङ्गलबार, पुष २२, २०७६१५:०५

ट्रोलरले कुपोषण भएको हो भनेर प्रश्न गरेपछि वाणीले दिईन यस्तो कडा जवाफ!