ढाका टोपीमा जैकी श्राफ यस्तो देखिए…[तस्विर सहित]

काठमाडौँ – सामाजिक संजालमा सार्वजनिक भएका केहि तस्विरहरुमा बलिउड अभिनेता जैकी श्राफ नेपाली ढाकाटोपीमा देखिएका छन्।

श्राफले ढाकाटोपी लगाएको तस्विर सामाजिक संजाल मार्फत अभिनेत्री मनिषा कोइरालाले सार्वजनिक गरेका हुन्। महाराष्ट्रको एक फार्ममा खिचिएका तस्विरमा अभिनेत्री कोइराला र अभिनेत श्राफ सँग-सँगै देखिएका छन्।

महाराष्ट्र स्थिति कोइराला परिवारको एक पारिवारिक फारममा खिचिएको त्यस तस्विरमा मनिषाका पिता प्रकाश कोइराला, आमा सुष्मा कोइराला पनि देखिन्छन्।

अर्गानिक र स्वस्थ फार्ममा आफूहरु सप्ताहान्तमा पुगेको पनि उनले सामाजिक संजाल मार्फत नै जानकारी गराएकी छन्।

प्रकाशित : मङ्गलबार, पुष २२, २०७६०९:३५

स्वास्थ्यमन्त्रीले भने – “मिलेमतोमा बिरामी निजी अस्पताल पठाउने गरेको पाइयो”