रिसाइन् तापसी ! कारण यस्तो…

बलिउड अभिनेत्री ‘तापसी पन्नू’ आइतवार दिल्लीको जवाहर लाल युनिभर्सिटीमा भएको हिंसा बिरुद्धको कार्यक्रममा भाग लिइरहेकी छन्। मुम्बईको कार्टर रोडमा भएको प्रदर्शनमा पनि तापसी अन्य कलाकारहरुसंग देखिएकी थिइन्। यति मात्र नभई अभिनेत्री लगातार सोशल मिडियामा पनि सक्रिय रहन्छिन् र यसको बिरूद्धमा ट्वीट गरि नै रहन्छिन्।

उनले सोमबार पनि जेएनयू हिंसाको बारेमा धेरै ट्वीट गरेकी थिईन्, जस पछि नेटिजन्स (इन्टरनेट प्रयोगकर्ता) ले उनलाई ट्रोल गर्न थाले। यसैबीच, एक नेटिजनले तापसीलाई ‘के तपाई भारतीय हो’ भन्ने प्रश्न गरे।

तापसीले यस प्रश्नको जवाफ दिने क्रममा भनिन्, ‘अब तिमीलाई पनि कागज देखाउनु पर्छ?’

तापसीको यस प्रतिक्रिया पछि केही व्यक्तिहरु तापसीलाई समर्थन गरेको देखिन्थ्यो भने कोहीले उनको बिरुद्धमा बोल्न थाले। एकजनाले त अझ उनीसँग कागज नभएको दाबि गर्न थाले।

प्रकाशित : बिहिबार, पुष २४, २०७६१२:१४

जानवी कपुरको फोटोशूटले इन्टरनेटमा मच्चाइन् खलबली, फ्यानहरु परे छक्क (तस्बिर सहित)