माघे सङ्क्रान्तिमा गर्नै नहुने यी सात काम, हुन सक्छ क्षति

माघको पहिलो दिन अर्थात् माघ १ गते  मनाइने माघे सङ्क्रान्तिको दिन तिल, तिलको लड्डु, चाकू,  चुडा-दही, खिचडी खाने चलन छ। धेरै ठाउँमा यसलाई तिलको लड्डु खाने दिन पनि भनिन्छ किनकि यस दिन बिशेष रुपमा तिलको लड्डु खाइन्छ। माघे सङ्क्रान्तिको पर्व सूर्य मकर प्रवेश गर्ने बित्तिकै मनाइन्छ। तर हरेक चाडको आफ्नै महत्वको साथ साथ केहि नियम पनि हुने गर्दछ। माघे सङ्क्रान्तिको दिन केहि विशेष कुराहरु दिमागमा राख्नुपर्दछ। आनुहोस् माघे सङ्क्रान्तिका दिन केहि गर्न हुने तथा गर्ने नहुने कुरा को बिषयमा चर्चा गरौ।

ओछ्यानमा केहि नखानुहोला 

माघे सङ्क्रान्तिको दिन बिहान उठ्ने बित्तिकै आफ्नो ओछ्यानमै बसेर कहिले चिया नखानु होला। यसो गर्नाले घरमा लक्ष्मीको बास हुनेछ।

  • खाली हात कसैलाई नफर्काउनु

एदी  माघे सङ्क्रान्तिको दिन तपाईको घरमा भिखारी, साधु अथवा बृद्ध व्यक्ति आयो भने, खाली हात कहिले नफर्काउनु होला। आफुले दिन सक्ने कुरा अवस्य दिनुहोला।

  • तिल दान गर्नुहोस् 

माघे सङ्क्रान्तिको दिन तिल अथवा तिलबाट बनेको सामग्रीहरुको दान गर्नु एकदमै राम्रो मानिन्छ। यसो गर्नाले तपाईको सबै दशा-ग्रहहरु जानुका साथै तपाईको परिवारमा पनि खुसियाली छाउने छ।

  • रुख बिरुवाहरुलाई क्षति नपुराउनुहोला

माघे सङ्क्रान्तिको दिन कुनै पनि रुख बिरुवाहरु काट्ने काम नगर्नुहोला। यसो गर्नाले तपाईको जीवनको बाधा अड्चनहरु हटेर जानेछ।

  • कपाल धुनु वा पखाल्नु अशुभ 

यस दिन महिलाहरुले आफ्नो कपाल कहिले धुनु अथवा पखाल्नु हुदैन। माघे सङ्क्रान्तिको दिन महिले आफ्नो कपाल धुनु राम्रो मानिदैन।

  • शाकाहारी भोजनको प्रयोग 

माघे सङ्क्रान्तिको दिन बिर्सिएर पनि लसुन, प्याज र मासुको सेवन नगर्नुहोला।  यस दिन पुरै शाकाहारी भोजनको मात्रै प्रयोग गर्नुहोला।

  • नम्र बोलीको प्रयोग 

यस दिन आफ्नो बोलि चाली पनि पबित्र राख्नुहोला। यस दिन कसैलाई गाली नगरी मधुरताजा साथ पेश आउनुहोला।

प्रकाशित : बिहिबार, पुष २४, २०७६१२:१४

माघे सङ्क्रान्तिमा २ शुभ योग बन्दै, हरेक राशिहरुमा पर्नेछ प्रभाव ! कुन राशिलाई कस्तो ?