माघे सङ्क्रान्तिमा २ शुभ योग बन्दै, हरेक राशिहरुमा पर्नेछ प्रभाव ! कुन राशिलाई कस्तो ?

हिन्दू मान्यता अनुसार माघे सङ्क्रान्तिको निकै महत्त्व रहेको छ।  मकर राशिमा सूर्यको गोचरका कारण माघे सङ्क्रान्ति मनाईन्छ। मकर राशिमा सूर्य प्रवेश गर्नेलाई नै माघे सङ्क्रान्ति भनिन्छ। यस पटक सूर्य र बुध एक साथ मकर राशिमा प्रवेश गर्नेछन्, जुनलाई बुधादित्य योग भनिन्छ। यस कारण माघे सङ्क्रान्तिको दिन सबै राशिहरुमा असर पर्ने भएको छ।
जसको प्रभाव एक महिनासम्म रहनेछ।  थाहा पाउनुहोस् कि यस विशेष योगले तपाईको राशिमा कस्तो असर पार्नेछ।

मेष राशि

यस योग मेष राशिहरुका लागि निकै शुभ साबित हुनेछ। धन लाभ हुने योग रहदा आर्थिक अवस्था मजबूत रहला। काममा पनि पदोन्नति हुने देखिन्छ। यस समयमा मान सम्मान पनि पाउन सक्नुहुनेछ। तर झगडाबाट भने टाढै रहनुहोला।

वृष राशि

वृष राशि भएका व्यक्तिहरुले यस विशेष योगका कारण सफलता प्राप्त गर्ने देखिन्छ। भाग्य वृद्धि हुने र यात्राका लागि पनि राम्रो योग देखिन्छ। पारिवारिक जीवनमा शान्ति छाउनुका साथै परिवार र साथी-भाइको साथ पाइनेछ।

मिथुन राशि

यो योग मिथुन राशिका व्यक्तिहरूका लागि निकै विशेष हुनेछ। धेरै प्रकारका समस्याहरूको सामना गर्नुपर्ला। यस समयमा धन हानिको योग रहेको हुदा, होस पुर्याउनुहोला। तर मनले आटेको काममा भने विजयको सम्भावना देखिन्छ।

कर्कट राशि

यो योग कर्कट राशिहरुका लागि हानिकारक हुन सक्छ। आर्थिक घाटा हुने सम्भावना देखिन्छ। आफ्नो जीवनसाथीसँग तनावको सामना गर्नुपर्ला। व्यवसाय साझेदारीका कारण कुनै ठूलो नोक्सान भोग्नुपर्ने देखिन्छ। आफ्नो रिसलाई नियन्त्रणमा राख्नुहोला।

सिंह राशि

यो योगले सिंह राशिका लागि शुभ परिणाम ल्याउन सक्छ। शुभ समाचार पाउने देखिन्छ। पुराना रोगहरुबाट छुटकारा पाउनुका साथै आफ्ना शत्रुहरुबाट पनि छुटकारा पाउने देखिन्छ। तर यस समयमा अधिक खर्चका कारण केहि समस्याहरुको भने सामना गर्नुपर्ला।

कन्या राशि

यो योग कन्या राशिका लागि सामान्य रहनेछ। प्रेम मामिलामा समस्या हुन सक्ला। आम्दनीमा पनि अभाव हुन सक्ला। यस समयमा अधिक रिस उठ्ने देखिन्छ। त्यसैले रिसमा कुनै पनि निर्णय नलिनुहोला, सोचविचार गरेर मात्र काम गर्नुहोला। अन्यथा भविष्यमा यसको नराम्रा परिणामहरु भोग्नुपर्ने देखिन्छ।

तुला राशि

यो योग तुला राशिका व्यक्तिका लागि निकै फाइदाजनक देखिन्छ। धन लाभ हुने योग रहेको छ। यस समयमा कुनै प्रकारको कठोर निर्णय लिन पनि निकै सहज हुने देखिन्छ।  जग्गा तथा घर सम्बन्धि काममा निकै लाभ हुने देखिन्छ।

वृश्चिक राशि

पराक्रम बढ्नुका साथै भाग्यको पूर्ण समर्थन पाउनेछ।  सरकारी काममा पनि सफलता पाउने देखिन्छ। यसका साथै, परिवारले पनि यस समयमा लाभ लिन सक्ला। यदि तपाई कुनै धार्मिक यात्रामा जाने सोचमा हुनुहुन्छ भने यो समय तपाईका लागि निकै शुभ देखिन्छ।

धनु राशि

धन लाभको योग रहेको छ। कानूनी विवादमा फसेको सम्पत्तिमा पनि बिजय हुने देखिन्छ। घरमा खुशीको वातावरण हुनेछ। आफ्नो बाबुको सल्लाहबाट पनि फाइदा लिने देखिन्छ। तर यस समयमा आफ्नो बोलीमा भने नियन्त्रण राख्नु पर्ने देखिन्छ।

मकर राशि

यस योगका कारण मकर राशिका ब्यतिहरुले भने केहि समस्याहरुको सामना गर्नु पर्ने देखिन्छ। पारिवारिक समस्याका कारण झगडा हुने योग रहेको छ। स्वास्थ्यमा पनि केहि समस्याहरु देखा पर्ला। टाढाको यात्रा नगर्नुहोला। यस समयमा सावधान हुनु आवश्यक देखिन्छ।

कुम्भ राशि

मान – सम्मान बढ्नुका साथै यस योग कुंभ राशिका लागि निकै लाभदायक हुने देखिन्छ। अनावश्यक खर्चहरुको सामना गर्नु पर्ला। यस समय विदेश जानका लागि पनि राम्रो साइत परेको देखिन्छ। स्वास्थ्यमा सुधार हुनुका साथै आतेको कामहरु पुरा हुने देखिन्छ।

मीन राशि

मीन राशिका ब्यक्तिहरु भने हल्का सावधान हुनु आवश्यक देखिन्छ। केहि समस्याहरुका कारण मन बिचलित हुने देखिन्छ। घरका ठुला व्यक्तिहरुका अनुसार काम गरे, धन लाभ हुने योग रहेको छ। सरकारी कामका लागि कडा परिश्रम गर्नुपर्ने देखिन्छ।

प्रकाशित : बिहिबार, पुष २४, २०७६१२:१७

आज पनि यस गुफामा सुरक्षित राखिएको छ भगवान गणेशको का’टिएको टाउको…