आज पनि यस गुफामा सुरक्षित राखिएको छ भगवान गणेशको का’टिएको टाउको…

हामी सबैलाई थाहा छ कि भगवान शिवले गणेशको टाउको का’ट्नु भएको थियो, तर के तपाइहरुलाई थाहा छ, कि त्यो टाउको कहाँ राखिएको थियो?

हिन्दू धर्ममा भगवान गणेशलाई पहिलो पूजा कर्ता मानिन्छ। गणेश भगवानको जन्मको बारेमा धेरै कथाहरु छन्। भनिन्छ, क्रोधका कारण भगवान शिवले गणेशको टाउको का’टेका थिए। पछि, माता पार्वतीका आदेशमा उनले हात्तीको टाउको गणेश भगवानको शरीरसंग जोडेका थिए।

अब यस्तो अवस्थामा प्रश्न उठ्छ कि, ‘यदि भगवान शिवले गणेशको टाउको साचिकै का’ट्नु भएको थियो भने अहिले त्यो टाउको कहाँ राखिएको छ’?  त्यसैले आज हामी यसै बिषयमा चर्चा गर्छौ। आउनुहोस् जानौ, आखिर कहाँ छ अहिले गणेश भगवानको टाउको?

भगवान शिवले त्यस टाउकोलाई एउटा गुफामा लगेर राखेका थिए। त्यस गुफा पिथौरागढ, उत्तराखण्डमा अवस्थित छ। यस गुफालाई पाताल भुवनेश्वर भनेर चिनिन्छ।

यसको वर्णन स्कन्द पुराणमा पनि गरिएको छ। जहाँ गणेशको टाउको राखिएको छ, त्यसलाई पाताल भुवनेश्वर भनेर चिनिन्छन्। यहाँ विराजित गणेशको मूर्तिलाई आदिगणेश भनिन्छ। पाताल भुवनेश्वर गुफा भक्तहरूको विश्वासको केन्द्र हो। यो गुफा विशाल पहाडको करिब ९० फिट भित्र बनेको छ। भनिन्छ कि यो गुफा आदिशंकराचार्यले खोजेका थिए।

यस गुफामा कालभैरवको जिब्रोको पनि दर्शन गरिन्छ। यस्तो विश्वास गरिन्छ कि यदि मानिस कालभैरवको मुखबाट गर्भमा प्रवेश गरी पुच्छरसम्म पुग्छ भने उसले मुक्ति पाउनेछ।

प्रकाशित : सोमबार, पुष २८, २०७६०८:२६

छोटो-पातलो औंला भएका महिलाहरु रिसाहा र कन्जुस ! हेर्नुहोस् कस्तो औंला हुने महिला कस्ता ?