छोटो-पातलो औंला भएका महिलाहरु रिसाहा र कन्जुस ! हेर्नुहोस् कस्तो औंला हुने महिला कस्ता ?

समुद्रशास्त्रका अनुसार, हाम्रो शरीरको प्रत्येक अंगले हाम्रो स्वभावसँग सम्बन्धित निकै महत्त्वपूर्ण जानकारी दिने गर्छ। ज्योतिषशास्त्रमा औंलाहरुको आकार पनि निकै महत्त्वपूर्ण मानिन्छ। औंलाहरुले एक व्यक्तिको स्वभाव र बानी प्रतिबिम्बित गर्ने ज्योतिषशास्त्रको मान्यता छ।

ज्योतिषशास्त्रका अनुसार कुनै पनि महिलाको औंलामा हेरेर, तपाई सजिलैसँग उसको स्वभावको बारेमा पत्ता लगाउन सक्नुहुन्छ।

लामो र पातलो औंला

लामो र पातलो औंला भएका महिलाहरु निकै रचनात्मक हुने गर्छन्। उनीहरु अरु मानिसहरुबाट केहि आशा राख्दैनन् र अरुको भरमा पनि बस्दैनन्। उनीहरुले प्रेमि, पत्नी र मित्र जस्ता सम्बन्धमा कहिले ढोका दिदैनन्।

मोटो र सानो औंला

मोटो र सानो औंला भएका महिलाहरु आफैमा शान्त स्वोभावका हुन्छन्। उनिहरुको मन निकै सफा हुनुका साथै दिमागमा छलको भावना पनि राख्दैनन्। उनीहरु सबैलाई खुशी राख्न खोज्छन्। तर, यी महिलाहरुलाई कामको लागि अरु भन्दा कम जिम्मेवार ठानिन्छ।

बाक्लो र भरिएको औंला

जुन महिलाहरुका औला मोटो र भरिएको हुन्छ, उनिहरु आफ्नो परिवार, साथीभाई तथा आफ्ना आफन्तहरुका लागि निकै जिम्मेवार हुन्छन्। तर, यी महिलाहरु बचत गर्न भने सक्दिनन्। उनीहरु निकै खर्चेलु स्वभावका हुन्छन्।

छोटो र पातलो औंला

छोटो र पातलो औंला भएका महिलाहरु निकै चाँडै रिसाउँने गर्छन्। साथै उनीहरुलाई निकै कन्जुस पनि मानिन्छ।

मध्य (बीच) औंला

यदि कुनै महिलाको मध्य (बीच) औंला सबै भन्दा ठूलो छ भने, उनीहरु निकै इमान्दार हुने गर्छन्। त्यसै गरि, यदि कुनै महिलाको बीचको औंला सामान्य भन्दा लामो छ,  मतलब अरु भन्दा निकै लामो त होइन तर अरु औंलाहरु भन्दा सामान्य लामो छ भने त्यस्ता महिलाहरु गम्भीर स्वभावका मानिन्छ।

प्रकाशित : मङ्गलबार, पुष २९, २०७६१२:४२

शिवलिंग भएको कोठामा भुलेर पनि गर्नुहुँदैन यो काम, अन्यथा…