शिवलिंग भएको कोठामा भुलेर पनि गर्नुहुँदैन यो काम, अन्यथा…

सोमबारको दिन भगवान शिवको दिन मानिन्छ।  यस दिन भगवान शिवको पूजा गर्दा सबै मनोकामना पुरा हुने बिस्वास गरिन्छ। भनिन्छ कि जसले शिव भगवानलाई साँचो मनबाट सम्झन्छ उसको सबै मनोकामना पुरा हुने गर्दछ।

तर जति छिटो भगवान शिव खुसी हुन्छन्, त्यति नै चाँडै रिसाउँछन् पनि। भनिन्छ भगवान शिवले जानाजान गरिने गल्तीलाई कहिल्यै क्षमा गर्दैनन्। यस कारणले भगवान शिवको पूजा गर्ने क्रममा पनि गल्ती गर्नु हुँदैन।

आज हामी घरमा शिवलिंग छ भने के गर्ने र के नगर्ने भन्ने बिषयमा चर्चा गर्छौं।

यदि तपाईको घरमा शिव लिंग छ भने, शिव लिंग राखिएको कोठामा शारीरिक सम्बन्ध राख्नु हुदैन। विश्वास गरिन्छ कि यसो गर्नाले शिव भगवान क्रोधित हुने गर्दछन्।

शिवलिंग राखिएको ठाउँमा चोरीका चीजहरु पनि राख्नु हुँदैन। यस्तो काम गर्ने मानिससँग महादेव रिसाउँछन् र उक्त व्यक्तिलाई कंगाल बनाउने मानिन्छ।

शिवलिंग भएको ठाउँमा मासु वा मदिरा सेवन गर्नु हुँदैन। भगवान शिवलाई मासु पटक्कै मन पर्दैन भन्ने विश्वास गरिन्छ। भनिन्छ कि मासु उनका चेलाहरुले मात्रै मन पराउँछन्, तर महादेवले भने मन पराउँदैनन्।

प्रकाशित : मङ्गलबार, पुष २९, २०७६१२:४८

मकर राशिमा बुधको प्रवेश : यी ४ राशिलाई लाभै-लाभ !