सलाह र माहरेजलाई पछि पार्दै माने बने अफ्रीकन वर्ष खेलाडी

एजेन्सी – लिभरपुलका मिडफिल्डर साडियो मानेले आफ्नै क्लबका मोहमद सलाह र म्यानचेस्टर सिटीका रियाद माहरेजलाई पछि पार्दै अफ्रिकन वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

लिभरपुलले २०१८-१९ को च्याम्पियन्स लिग उपाधि जित्दा मानेले निर्णायक भूमिका खेलेका थिए । उनले जारि सिजनमा पनि सानदार सुरुवात गरेका छन् । पछिल्लो तीन वर्षमा शीर्ष तीनमा रहेपनि उपाधि जित्न नसकेका मानेले पहिलो पटक यस वार्ड हात पारेका हुन् । सेनेगलको राष्ट्रिय टोलीबाट खेल्दै आएका मानेले राष्ट्रिय टोलीबाट पनि प्रभावशाली प्रदर्शन गरेका थिए ।

‘म यो उपाधि जित्दा निकै खुसी छु । मलाई गर्व छ कि यो अवार्डको हकदार भएँ,’ मानेले भने, ‘ मलाई फुटबल मनपर्छ र वरपर रहेको सबैथोक पनि । सबैमाझ यहाँ उपस्थित हुन पाउँदा खुसी छु । यो अवार्ड म मेरो परिवार, लिभरपुलका सहकर्मी, प्रशिक्षक योर्गेन क्लोप र सबै सेनेगलका मानिसलाई समर्पण गर्न चाहन्छु ।’

मानेले गत सिजन प्रिमियर लिगको सर्वाधिक गोलकर्तास्वरूप गोल्डेन बुट जितेका थिए । यसक्रममा टोली प्रिमियर लिगको उपाधि जित्नबाट १ अंकले चुकेको थियो । यसपटक भने लिभरपुलले अंक तालिकामा १३ अंकको अग्रता बनाइसकेको छ । मानेले जारि सिजन लिगमा ११ र च्याम्पियन्स लिगमा २ गोल गरेका छन् ।

प्रकाशित : बिहिबार, पुष २४, २०७६०३:५१

इकार्डीको ह्याट्रिक, नेयमार र केलियन एमबाप्पेले पनि गोल गरे !