भाइरल भयो भिडियो: चलिरहेको कारबाट खस्यो बच्चा, पछाडिबाट आइरहेको बसले….[भिडियो सहित]

सोशल मिडियामा आजभोली मुटु नै चिसो बनाउने भिडियो भाइरल भइरहेको छ। जसमा चलिरहेको कारबाट बच्चा तल झरेको देखिन्छ।  तर कार भित्रका व्यक्तिलाई सो घटना थाहा भैहाल्छ र कारबाट झरेर त्यस बच्चाको ज्यान बचाउँछ। यस भिडियोलाई साझा गर्दै आईपीएस अधिकारी ‘पंकज नैंन्’ ले सडक सुरक्षाका बारेमा सन्देश दिएका छन्।


पंकजले लेखेका छन्: ‘बच्चाहरुको साथ यात्रा गर्दा बाल सिट निकै महत्त्वपूर्ण हुन्छ। सबै ढोका ठीकसँग बन्द गरीएको जाँच गर्नुहोस् र बालकलाई राखिएको सिटमा सिट बेल्ट लगाएको छ कि छैन पनि ध्यान दिनुहोस् । बच्चाहरुलाई सँधै बालक राख्ने सिटमा नै राख्नुहोस्। सबै बच्चाहरु यस भिडियोमा देखिएको जस्तै भाग्यमानी हुदैन’।

हेर्नुहोस् भिडियो:

भिडियोमा तपाई आफै देख्न सक्नुहुन्छ कि जब मोडमा कारले टर्निंग लिन्छ। अचानक बच्चाले ढोका खोल्छ अनि चलिरहेको कारबाट नै बाहिर लड्छ। उही समयमा पछाडिबाट कार  र अगाडिबाट बस आइरहेको हुन्छ। तर उनीहरुले सडकमा लढेको बच्चालाई देखेर सबैले आफ्नो आफ्नो गाडी रोक्छन्।

यदि कसैले त्यस बच्चालाई ध्यान नदिएको भए, त्यस बच्चाको ज्यान पनि जान सक्थ्यो।  यो घटना केरलाको हो। भिडियो सोशल मिडियामा कैयौंले सेयर गरिरहेका छन्।

 

प्रकाशित : शुक्रबार, पुष २५, २०७६०७:४५

‘छपाक’ की रियल एसिड सर्वाइवर लक्ष्मी अग्रवाल बनिन् टिक-टक स्टार