‘छपाक’ की रियल एसिड सर्वाइवर लक्ष्मी अग्रवाल बनिन् टिक-टक स्टार

बलिउड अभिनेत्री दीपिका पादुकोणको फिल्म ‘छपाक’ कि मालती अर्थात् रियल एसिड सर्वाइवर, लक्ष्मी अग्रवाल आजकल सोशल मीडियामा निकै धुम मचाउदै छिन् । हो, लक्ष्मी अग्रवाल अब एक सोशल मिडिया स्टार बनी सकेकी छिन्।

सामाजिक मिडिया टिकटकमा उहाँलाई पछ्याउने व्यक्तिको संख्या दिनहुँ बढ्दै छन्। हालै दीपिकाले फिल्म ‘छपाक’ प्रमोट गर्न टिक टकमा डेब्यू गरेकी थिइन्। एउटा भिडियोमा दीपिका र लक्ष्मी, पंजाबी गीत ‘राइडर’ मा नाचिरहेका देखिन्थे, जसलाई मानिसहरुले निकै मन पराए।

दीपिका र लक्ष्मीको ‘नागीन घिन घिन’ गीतमा गरिएको नृत्यलाई पनि मानिसहरूले मन पराए।

फिल्म ‘छपाक’ को बारेमा कुरा गर्दा, यो फिल्म एसिड अट्याक सर्वाइवर ‘लक्ष्मी अग्रवाल’मा आधारित छ। फिल्ममा दीपिकाले लक्ष्मीको भूमिकामा निभाएकी छिन्।

प्रकाशित : सोमबार, पुष २८, २०७६०४:५२

शौचालयमा बसेर गराइन् फोटोशूट, भयो ट्रोल र गालिको वर्षात ! [तस्विर सहित]