शौचालयमा बसेर गराइन् फोटोशूट, भयो ट्रोल र गालिको वर्षात ! [तस्विर सहित]

अभिनेत्री ऐली अवरामले भर्खरै आफ्ना केहि तस्वीरहरू सार्वजनिक गरेकी छिन्, जसबाट उनि निकै चर्चाका बिषय बनेकी छिन्। सोशल मिडियामा धेरै सक्रिय रहने यस अभिनेत्रीले फ्यानहरुलाई निरन्तर अपडेट गराई रहन्छिन्। केही समय अघि मात्रै ऐली अवरामले आफ्नो सोशल मिडियाबाट केहि फोटोहरु सार्वजनिक गरेकी थिइन् र त्यस तस्बिरमा ऐली शौचालयमा बसिरहेकी र फोनमा कुरा गरिरहेकी  देखिन्थिन्।

यी तस्वीरहरुका कारण ऐलीका निकै ट्रोलहरु बन्न थाले। अभिनेत्री ऐली अवरामले क्याप्शनमा लेखेकी थिइन्, ‘जब पछिल्लो रातको सबै कुरा सुनाउन, तपाईको अतिप्रिय साथीबाट आइतबार बिहान तपाईलाई कल प्राप्त हुन्छ’।

यो हेरेपछि, सामाजिक मिडियाका प्रयोगकर्ताहरुले उनीलाई शब्दको प्रहार गरे। यसै तस्बिरका कारण उनका फ्यानहरुले पनि अभिनेत्रीलाई गाली गर्न थाले।

ऐली अवराम एक स्वीडिश अभिनेत्री हुन्। उनले २०१३ मा फिल्म ‘मिकी भाइरस’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। यस फिल्ममा ऐलीका सथै अभिनेता ‘मनीष पल’ पनि देखा परेका थिए।

ऐली अवराम बिग बोसको ७ औं सीजनमा सलमान खानको मनपर्ने प्रतिस्पर्धी थिइन् र सलमानले ऐलीकि निकै तारिफ पनि गरेका थिए। यसका साथै, अली अवाराम र हास्य कलाकार कपिल शर्माको फिल्म ‘किस किसको प्यार करूँ’ मा पनि देखा परेकी थिइन्।

प्रकाशित : मङ्गलबार, पुष २९, २०७६१२:३४

बिकिनीमा नताशाले देखाइन् यस्तो कामूक फिगर ! [तस्बिर सहित]