एक हजार पाँच सय लिटर घरेलु मदिरा नष्ट

घरेलु मदिरा नष्ट गर्दै प्रहरी काभ्रेपलाञ्चोकको बनेपा बसपार्क र पुलबजार आसपासको भट्टी पसलहरुबाट बरामद गरिएका घरेलु मदिरा आइतबार बनेपा नगरपालिका वडा नं ९ र १० को सिमानास्थित पून्यमाता खोलामा नष्ट गर्दै जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासी ।

बनेपा – प्रहरीले बनेपाका बसपार्क र पुल बजार आसपासमा रहेका भट्टी पसलबाट बरामद गरेका घरेलु मदिरा आज नष्ट गरिएको छ ।

घरेलु मदिरा नष्ट गर्दै प्रहरी
काभ्रेपलाञ्चोकको बनेपा बसपार्क र पुलबजार आसपासको भट्टी पसलहरुबाट बरामद गरिएका घरेलु मदिरा आइतबार बनेपा नगरपालिका वडा नं ९ र १० को सिमानास्थित पून्यमाता खोलामा नष्ट गर्दै जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासी ।

ती भट्टीपसलमा गरिएको जाँचका क्रममा फेला पारिएको मदिरा आज वडा नं ९ र १० का वडाध्यक्षको उपस्थितिमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

घरेलु मदिरा नष्ट गर्दै प्रहरी
काभ्रेपलाञ्चोकको बनेपा बसपार्क र पुलबजार आसपासको भट्टी पसलहरुबाट बरामद गरिएका घरेलु मदिरा आइतबार बनेपा नगरपालिका वडा नं ९ र १० को सिमानास्थित पून्यमाता खोलामा नष्ट गर्दै जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासी ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले गाउ्रँगाउँबाट ल्याएर बनेपाका भट्टीपसलमा मदिरा बेचबिखन गर्ने गरेको पाइएको र त्यसबाट हिंसात्मक घटना हुन सक्ने भएकाले निषेध गर्नका लागि अभियान सञ्चालन गरिएको स्पष्ट पारे।

प्रकाशित : आइतबार, पुष २७, २०७६१५:२३

डोटीमा छाउ गोठ भत्काउने अभियान : १८ छाउगोठ भत्काइयो !