फेरिए चार जिल्लाका सिडियो‚ को कहाँ पुगे ?

काठमाडौं ।  गृह मन्त्रालयले चार जिल्लाका कारागार व्यवस्थापन विभागका निर्देश, प्रमुख अध्यागन अधिकृत र प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।

हिजो (आइतबार) मन्त्रिस्तरीय निर्णय गर्दै रौतहट, कपिलवस्तु, सोलुखुम्बुका प्रजिअ र रुपन्देहीका सहायक प्रजिअ परिवर्तन गरेको छ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी ‘गजेन्द्रबहादुर श्रेष्ठ’का ठाउमा अध्यागमन अधिकृत दीर्घनारायण पौडेललाई ल्याई  गजेन्द्रबहादुर श्रेष्ठलाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

यस्तै, कारागार विभागका निर्देशक वासुदेव घिमिरेलाई रौतहटको प्रजिअको जिम्मेवारी दिइएको छ भने गृह मन्त्रालका अनुसार काठमाडौंको कायममुकायम प्रजिअ किरण थापालाई भने  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय तानिएको हो।

गृह मन्त्रालयले जनाएका अनुसार, गृहमा कार्यरत उपसचिव ‘रमा आचार्य’ले सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरेकी छिन् भने सोलुखुम्बुका यस अघिका प्रजिअ वेदनिधि खनाललाई भने रुपन्देहीको सहायक प्रजिअको जिम्मेवारी दिइएको छ।

प्रकाशित : सोमबार, पुष २८, २०७६०५:२८

बि.एस.डब्लु (BASW)को तेश्रौ बर्षको नतिजा सार्वजनिक (कसरी हेर्ने?)