शाहरुखका केही फिल्महरु जुन तयार भएर पनि रिलिज भएनन् !

एजेन्सी, बलिउडका बादशाहका शाहरुख खानलाई रोमान्स किङ पनि भन्ने गरिन्छ । अगस्ट २०१८ मा फोब्र्सले सार्वजनिक गरेको रिपोर्ट अनुसार शाहरुख संसारका धेरै पारिश्रमिक लिने कलाकार मध्ये एक हुन् । सय भन्दा बढी फिल्ममा काम गरिसकेका शाहरुखले धरै हिट फिल्महरु दिसकेका छन् ।

एक कलाकारले आफ्नो फिल्मका लागि निकै मेहनत गरेको हुन्छ । तर, कमैले सफलता पाएका हुन्छन् । यस्ता छन् शाहरुखका केही फिल्महरु जुन तयार भएर पनि अहिलेसम्म दर्शक सामु आएका छैनन् :

१. किसी से दिल लगाकर तो देखो : १९९६ मा बनेको शाहरुखको यो फिल्ममा शाहरुखसँगै आयशा जुल्का र मधु मुख्य भूमिकामा थिए । राजेश रोशनले संगीत भरेको यस फिल्मलाई कल्पतरुले निर्देशन गरेका थिए ।

२.अहमक : १९९१मा तयार भएको यो फिल्ममा शाहरुख खान, अयूब खान र मीता बशिष्ठको मुख्य भूमिका रहेको थियो भने यस फिल्मलाई मणि कौलले निर्देशन गरेका थिए । २०१५को मुम्बई फिल्म फेस्टिवलमा यो फिल्म दर्शकहरुलाई देखाइएको थियो । तर, यस फिल्मलाई हलमा भने कहिले पनि रिलिज गरिएन ।

३. शिखर : १९९५ मा सुभाष घईको निर्देशनमा तयार हुदैगरेको यस फिल्ममा शाहरुख र माधुरी दिक्षितको मुख्य भूमिका रहेको थियो । शाहरुख अभिनित फिल्म ‘त्रिमूर्ती’ फ्लप भएपछि यो फिल्मको काम बिचमै रोकिएको थियो । त्यसपछि सुभाष ‘परदेश’ फिल्म बनाउन तिर लागे । ‘शिखर’ फिल्मलाई १९९९ मा सुभाषले यस फिल्मको नाम परिवर्तन गरेर ‘ताल’ बनाएका थिए भने फिल्ममा ऐश्वर्या र अक्षय खन्नाको मुख्य भूमिका रहेको थियो ।

४. रश्क : २००१ मा तयार भएको यस फिल्ममा शाहरुख, चूही चावला र ऐश्वर्या रायको मुख्य भूमिका थियो । बक्स अफिसमा यो फिल्मको चर्चा धेरै भएपनि यो फिल्म कहिलेपनि रिलिज भने भएन ।

५. एक्सट्रिम सिटी : २०११मा यो फिल्म रिलिज हुने भनेर निकै हल्ला पनि चलेको थियो । त्यस बेला हलिउड डाइरेक्टर मार्टिन स्कोर्सेसको निर्देशनमा तयार हुने फिल्ममा शाहरुखले हलिउड एक्टर लियोनार्डो डि क्रेप्रियोका साथ फिल्ममा काम गर्ने हल्ला चलेपनि यो फिल्म कहिलै पनि बनेन ।

प्रकाशित : बुधबार, माघ ०१, २०७६१२:०९

‘ऐश्वर्या’ की हुबहु यी अभिनेत्रीले सलमानलाई दिएकी थिइन सहारा, पछि एकाएक गायब!