काठमाडौँ । साधारणतया बोलीचालीको भाषमा भन्ने गरिन्छ ‘मानिसमा एक अर्का बिचको व्यवहार स्पष्ट हुनुपर्छ ।’ तर केही यस्ता कुराहरु रहेका हुन्छन् जुन कुरामा गोपनियता अपनाउन सकिएन भने जीवनमा ठूलै संकट आउँछ । गोपनियता भन्ने बित्तिकै आफ्नो कुराहरु अरुको माझ लुकाउनु भन्ने बुझिन्छ । तर त्यसो भन्ने खोजेको भने होइन् । पौराणिक ग्रन्थमा पनि केही कुराहरुलाई गोपिनियताको रुपमा राख्नुपर्ने बताएको छ ।
आफ्नो हितैसी भनिएको जति नै मिल्ने भनिएका साथीसँग पनि गोप्य कुरा खुलाउनु हुँदैन् । किनकी हितैसी भनिएको साथीसँगको सम्बन्ध सधै एउटै रहँदैन् त्यसरकारण उसलाई गोप्य कुरा थाहा भएको खण्डमा घरपरिवारको अवस्थामा समेत असर पर्न सक्छ । त्यसकारण आज हामी तपाईहरुलाई गोप्य राख्नुपर्ने केही कुराहरुको बारेमा बताउन गइरहेका छौँ ।
१.घर परिवारका कुरा : आफ्नो हितैषी मित्र भन्ने बित्तिकै हामी आफ्नो घर परिवारमा भएका हरेक कुरा सुनाउने गर्छौ । उनीहरुसँग आफ्नो घरमा भएको मनमुटाब, परिवारको हैसियत, आपसी मनमुटाव जस्ता हरेक कुरा बताउने गर्छौ । यद्यपी तपाईको यस्तो बानीको कारण पछिको दिनमा नराम्रो असर पर्न सक्छ ।
घरको हरेक कुरा साथीलाई सुनाउँदा श्रीमान श्रीमतीको व्यवहारमा समेत समस्या आउँछ । यद्यपी कतिपयले आफ्नो श्रीमानको बारेमा हरेक कुराहरु खोल्ने गर्छन् । जसले आफुमा भएको कमजोरीलाई प्रर्दशन गरेको दर्साउँछ ।
२.घरको रहस्य : कतिपयको यस्तो स्वभाव हुन्छ जसले आफ्नो घरमा आएका कोही नयाँ व्यक्तिलाई घरको हरेक ठाउँ देखाउने गर्छन् । यस्तो बानीले आफुलाई त समस्या नहोला तर यही बानीले भोलीको दिनमा आफ्नै साथीबाट समस्या भोग्नुपर्ला ।
३.धनको कुरा : तपाईले आफ्नो मिल्ने साथी भनेर धन कसरी आर्जन गर्ने ? धन कसरी सञ्चय गर्ने भन्ने बारे बताउनु भयो भने यहि कारण भविष्यमा संकट निम्तन सक्छ । त्यसकारण धनको कुरा जतिसक्दो गोप्य राख्नुपर्छ । आफ्नो साथी भाइ आफन्तलाई आफुले राखेको धनबारे खुलाउनु हुँदैन् । तर श्रीमतीर श्रीमान बिच यस्ता कुराको बारेमा भने स्पष्ट रुपमा बताउनु पर्छ ।
४.अपमानको कुरा : सधै सबैलाई उत्तिकै माया र सम्मान हुँदैन् । कुनै समय नचाहँदा नचाहँदै अपमान सहनुपर्छ । अक्सर यस्ता अपमानको कुराहरु अरुलाई बताउनु हुँदैन् । गोप्य नै राख्नुपर्छ । यसरी आफुमा भएको अपमान बताइरँदा आफुमाथि अरुले कमजोर धारणा राखेको पनि त हुन सक्छन् ।
५.आफ्नो अयोग्यता वा कमजोरी : हरेक व्यक्तिमा केही न केही कमजोर भएकै हुन्छ । कोही पनि सबै कुरामा पोख्त हुँदैन् । त्यसकारण यस्ता कुरालाई आफुमा नै गोप्य राख्नु राम्रो हुन्छ । यसरी आफुले कमजोरी बताउँदा अरुले त्यही कमजोरीलाई उपयोग गर्ने भएकाले सकेसम्म यस्तो कुरा गोप्य राखेकै राम्रो हुन्छ ।
६.मनको कुरा : आफ्नो मनमा भएका सबै कुरा अरुलाई बताउनु राम्रो हुँदैन् । यसरी मनको सबै कुरा खोल्दा आफुमा भएका व्यक्तित्व थाहा पाउने र कमजोरी हाक्ने भएकाले मिल्ने साथी भन्ने बित्तिकै सबै कुरा खोल्नु जरुरी हुँदैन् ।
७.दानको कुरा : आफुले अरुलाई दान दिएको सहयोग गरेको कुरा प्रचार प्रसार गर्नु हुँदैन् । यदि हामी कसैलाई केही दिन्छौ भने त्यो कुरा गोप्य राख्नुपर्छ । प्रचार गरियो भने हामीले गरेको दान निस्वर्थी छैन् भन्ने बुझिन जान्छ ।