काठमाडौँ । अन्य देश भन्दा फरक भेषभुष पहिचान र सास्कृतिक परम्परको कारण चर्चामा रहेको देश भारत निकै अजिवको रहेको छ । बढ्दो जनसख्याको कारण बढ्दो बरोजगारी भएको देश भारत एक अचम्मको देश हो । पछिल्लो समय अत्याधिक रुपमा देखिने गरेको अचम्मलाग्दो दृष्यले वैज्ञानिकहरु समेत चकित पर्न थालेका छन् ।
बेरोजगारको समस्या भएकै कारण होला उनीहरु पैसाको लागि जस्तोसुकै घिनलाग्दो काम गर्न पनि पछि हट्दैनन् । त्यस्तै आज हामी तपाईहरुलाई भारतमा हुने केही घिनलाग्दा कामहरुको बारेमा जानकारी दिन गइरहेका छौँ । जुन काम तपाईहरुले जतिनै पैसा दिए पनि गर्न चाहनुहुन्न होला ।
१.कानको फोहोर सफा गर्ने : भारतको प्राय धेरै ठाउँमा कानको फोहोर सफा गर्ने व्यक्तिहरु बाटोमा बसेका हुन्छन् । उनीहरु झोलामा आवश्यक सामाग्री बोकेर विभिन्न ठाउँमा हिड्ने गर्छन् । एक व्यक्तिको कानको फोहोर सफा गरेबापत २० देखि ३० रुपैयाँ समेत लिने गर्छन् ।
२.मरण परेको ठाउँमा रुने काम : भारतमा केही यस्ता ठाउँहरु रहेका छन् जहाँ मान्छे मरेपछि रुनको लागि मान्छे भाडामा लिने चलन रहेको छ । यसरी रुन आउने महिलाहरुलाई रुडली भनिन्छ । यो चलन भारतको राजस्थानमा अझै पनि प्रचलित रहेको छ ।
३.दाँतको दुखाई कम गराउने व्यक्ति : भारतको हरेक स्थानमा दाँतको दुखाइ कम गर्ने सामाग्री लिएर मानिसहरु बसिरहेका हुन्छन् । उनीहरु चिकित्सक नभएर सामान्य पढाइ लेखाइ भएका व्यक्तिहरु हुन् । उनीहरुले दाँत दुखेर आउने बिरामीलाई केही समयमा नै निको पारेर पठाउँछन् ।
४.वंशावलीको काम : भारतमा अन्य देशको भन्दा फरक काम गर्ने मानिसहरु धेरै रहेका छन् । केही ठाउमा सुन्न पनि नपाइने कुरा भारतमा प्रत्यक्ष देख्न सकिन्छ । भारतमा अन्य परिवारको लेखा जोखा राख्ने काम गर्छन् । उनीहरुले बितेर गएका पुरानो पुस्ताको जानकारी नयाँ पुस्ताको व्यक्तिलाई गराउने काम गर्छन् ।
५.ह्यूमन स्केयर क्रो : खेतीपाती लगाएको बेला चराले नष्ट गरिदिने भएकाले खेतीपाती जोगाउनको लागि ह्यूमन स्केयर क्रो को प्रयोग गर्ने गर्छन् । उनीहरु बाली उब्जाऊ हुने समयमा केही रकम लिएर खेत बारीमा गएर चरा भगाउने गर्छन् ।