काठमाडौ । हाम्रो समाजमा विवाहको लागी युवाहरुले आफुभन्दा कम उमेरको युवती विहे गर्ने परम्परा रहेको छ । यदि आफुभन्दा बढी उमेर युवती विहे गरेर ल्याएमा राम्रो मानिदैन् । तर अहिले यो परम्परा हराउदै गएको छ । किनभने अहिलेका धेरै युवाहरु ठिक विपरित आफुभन्दा बढी उमेरको युवती मन पराउने वा विवाह गर्ने गरेका छन् । आखिर किन युवाहरु आफुभन्दा बढी उमेरकी युवती मन पराउँछन् त ?हेरौ
परिपक्क, पहिलो कुरा अहिलको युवाहरुले उमेरसँगै युवतीहरुमा परिपक्कता खोज्छन् । जसले गर्दा परिवार र समाजमा राम्रोसँग ख्याल गरी कुनै समस्यालाई समाधान गर्न सक्छन् ।
अन्तरंग पल, त्यस्तै अहिलेका युवाहरु आफ्नो जीवसाथीसँग आफ्नो मनका कुरा सेयर गर्न चाहन्छन् । तर कम उमेरको युवतीहरु आफ्नो कुरा गर्नमा मात्र व्यस्त हुन्छन् । अर्को कुरा बढी उमेरका युवतीहरु शारिरिक सम्पर्कमा लामो समयसम्म रहने भएकाले यौन सन्तुष्ट मिल्छ । मनोविज्ञहरुका अनुसार ४० देखि ५० को उमेरमा आएर महिलाहरु यौनमा धेरै सक्रिय हुने बताउछन् ।
आर्थिक रुपले सक्षम, आफुभन्दा बढी उमेरको युवतीले परिवार र समाजमा परेको जस्तोसुकै आर्थिक समस्याहरुलाई हल गर्दछन् । त्यस्तै आफ्नो खर्च पनि आफै जुटाउने भएकाले बढी उमेरको युवती रोज्छन् ।
युवाको स्वभाव, बढी उमेरको युवतीले श्रीमान र परिवारको हेरचाह गरी असल श्रीमती हुने भएकाले आफुभन्दा बढी उमेरका युवती मन पराउँछन् ।