एजेन्सी – भारतका एक १० वर्षीय बालक एक दुर्लभ स्वास्थ्य समस्यासँग जुध्दैछन्। हरेक महिना नयाँ छाला पलाउने समस्याका कारण उनी एक ‘मानव साँप’ जस्तै भएका छन्।
जगन्नाथ भनेर चिनिने यी बालक दुर्लभ आनुवंशिक छालाको समस्याबाट ग्रसित छन्। बताइएअनुसार, जगन्नाथलाई लेमेलर इचिथियोसिस नामक स्वास्थ्य समस्या छ।
लेमेलर इचिथियोसिसले छालाको विकास छिटो हुने, छाला सुख्खा हुने, छाला झर्ने र नयाँ छाला पलाउने हुन्छ। यस समस्याले जगन्नाथले एक सर्प जस्तै भएका छन्।
हरेक ६-६ हप्तामा छाला झर्ने गरेको जगन्नाथ बताउँछन्। घण्टा-घण्टामा नुहाउनुपर्ने उनको बाध्यता छ भने उनी हरेक तीन घण्टामा आफ्नो शरीर म्वइश्यराइजरले ढाक्छन्।
जगन्नाथको छाला यति कडा भैसकेको छ की, उनी राम्रोसँग हिड्न पनि सक्दैनन्। हात-खुट्टा लम्काउन समेत उनलाई लट्ठीको साहारा लिनु पर्ने अवस्था छ।
जगन्नाथका पिता प्रभाकर प्रधान आफ्नो छोराको उपचार गर्न नसकेको प्रति दुखि छन्। विभिन्न ठाउँमा पुर्याउँदा पनि जगन्नाथको उपचार हुन नसकेको प्रभाकरको भनाई छ। उनका अनुसार राम्रो अस्पतालमा पुर्याउन उनलाई आर्थिक अवस्थाले रोकेको छ।
“मेरो छोराले सानै देखि यो रोग भोग्यो। डाक्टरहरु यो रोगको उपचार छैन भन्छन्। हुन त, मसँग त्यत्रो पैसा पनि छैन। उ हरेक दिन पिडामा छ।”,प्रभाकर प्रधान भन्छन्।
छाला रोग विशेषज्ञहरुका अनुसार हालको लागि यस रोगको कुनै उपचार छैन। विभिन्न उपाय अपनाउने हो भने यो रोग लागेका व्यक्तिहरुले दैनिकीलाई केहि सहज बनाउन सक्छन्।