“चप्पल-बेल्ट”ले हुन्थ्यो संजयको “धुलाई”, यसकारण कुटिन्थे !

आशुतोष गोवारिकरको फिल्म ‘पानीपत’ रिलीज भईसकेको छ। यस फिल्मको प्रमोशनको लागि हालै संजय दत्त , कृति सेनन र  आशुतोष गोवारिकर  द कपिल शर्मा शोमा पुगे ।

जसक्रममा संजय दत्तले आफ्नो बाल्यकालको अनुभव पनि शेयर गरे । संजय दत्तले आफ्नो बाल्यकालको बारेमा बताउदै भने कि उनले कसरी आफ्नो विद्यालयको गृहकार्यको साइन आफ्नो बाबुआमालाई  गरे जस्तै गर्थे अनि टीचरलाई थाहा हुदैन थियो र  बाबुआमालाई थाहा नहुने गरि उनले टीचरको पनि साइन आफै गर्थे । उनले यो पनि बताए कि पढाईमा उनी निकै खराब थिए र उनको बुबाले उनलाई बेल्टले कुट्थे र आमाले उनलाई चप्पलले कुट्थिन्।

जब कपिल शर्माले संजय दत्तलाई एक हल्लाको बारेमा प्रश्न गरे।  के अजय देवगन तपाईको पर्सनल डाक्टर हो ? यसमा संजय दत्तले भने यो साँचो हो कि अजयलाई  होम्योप्याथिक दवाईको राम्रोसँग जानकारी छ र उनी आफ्नो नजिकको साथीलाई राम्रो सल्लाह दिन्छन्।

संजय दत्तसँग अहिले कैयौँ प्रोजेक्ट्स रहेको छ। यसमा टोरबाज, शमशेरा र सडक २ जस्ता फिल्म पर्छ। शमशेरामा उनी रणबीर कपूर र वाणी कपूर जस्ता स्टारसँग काम गर्दैछन्।  यस बाहेक सडक २ मा आलिया भट्टसँग काम गर्नेछन्।

प्रकाशित : बुधबार, माघ ०१, २०७६१३:३५

केवल ३ वर्षीय तैमूरका कारण सैफ-करीनाले कमाए २ करोड ४० लाख !