केवल ३ वर्षीय तैमूरका कारण सैफ-करीनाले कमाए २ करोड ४० लाख !

नवाब सैफ अली खान हालसालै रिलीज भएको फिल्म ‘तानाजी: द अनसंग वारियर’ मा आफ्नो’ उदयभान’ को भूमिकाका कारण निकै चर्चामा छन्। सैफले बलिउडमा एक छुट्टै पहिचान बनाएको छ। सैफ र करीना एक शाही जोडी हुन् र यस कारण दुबैले कुनै सुटको क्रममा उच्च शुल्क लिने गर्दछन्। दुबैले आफ्नो फिल्म तथा विज्ञापनहरुका लागी भारी शुल्क प्राप्त गर्छन्। त्यस्तै, रिपोर्टका अनुसार एक डायपर कम्पनीले सैफ र करीनालाई उनीहरुको ब्रान्ड एम्बेसेडर बनाउन भारी शुल्क प्रस्ताव गरेका छन्।

रिपोर्टका अनुसार यस भन्दा पहिले सैफ र करीनाले यस डायपर कम्पनीलाई धेरै पटक अस्वीकार गरिसकेका थिए तर यति ठूलो शुल्क सुनेपछि उनीहरुले अस्वीकार गर्न सकेनन्। ब्रान्ड एम्बेसेडरका लागि सैफ र करीनाले एक कार्यक्रमबाट शुरु गर्न लागेका छन्, जहाँ उनीहरुले ३ घण्टा बिताउनु पर्ने हुन्छ।  जसका लागि उनले २.४० करोड प्राप्त गर्नेछन्।

स्रोतका अनुसार यी डायपर कम्पनीले लामो समयदेखि सैफ करीनासँग यसबारे कुरा गरिरहेका थिए। अब तैमूरको लोक प्रियताको कारण, तैमूर पनि यस विज्ञापनमा समावेश होस् भन्ने डायपर कम्पनी चाहन्छन् । त्यसै कारण डायपर कम्पनीले यति ठूलो रकम तिर्न तयार भएका हुन्।

प्रकाशित : बिहिबार, माघ ०२, २०७६१२:५७

‘करण अर्जुन’ को पार्ट २ मा सलमान-शाहरुखको ठाउँ यी कलाकारले लिने…