‘करण अर्जुन’ को पार्ट २ मा सलमान-शाहरुखको ठाउँ यी कलाकारले लिने…

बलिउड ब्लकबस्टर फिल्म करण-अर्जुनको बारेमा सबैलाई थाहा नै छ होला। यो फिल्म यस समयमा निकै नै सुपरहिट रहेको थियो। फिल्मले दर्शकहरुको मनमा आफ्नो छाप छोड्न सफल भएको थियो।

यस फिल्मका फ्यानहरुका लागि एउटा खुसीको खबर छ। करण-अर्जुन फिल्म अब रीमेक हुने भएको छ। राकेश रोशनले यस फिल्मका नायक को हुने छन् भन्ने बारेमा पनि बयान पनि दिएका छन्।

फिल्म निर्माता राकेश रोशनका अनुसार, करण -अर्जुनको रीमेकमा ऋतिक रोशन र रणवीर सिंह वा रणबीर कपूर एकदम फिट हुने बताएका छन्।

राकेश रोशनद्वारा निर्मित फिल्म ‘करण अर्जुन’ रिलीज भएको २५ बर्ष भइ सक्यो। फिल्ममा सलमान खान र शाहरुख खान मुख्य कलाकारका रुपमा देखिएका थिए। दुबैले फिल्ममा करण र अर्जुनको भूमिका खेलेका थिए र अहिलेसम्म यीन  पात्रहरुले दर्शकहरुका मनमा छाप पारेका छन्।

एक अन्तर्वार्तामा राकेश रोशनलाई सोधिएको थियो, यदि उनी यस फिल्मको रीमेक गर्न चाहन्छन् भने उनी यसमा मुख्य कलाकारको रुपमा कसलाई हेर्न चाहन्छन्। उत्तरमा राकेश रोशनले फिल्मको रिमेक भयो भने ‘सलमान खान र शाहरुख’को स्थानमा ‘रितिक रोशन’ र ‘रणबीर कपूर’लाई लिन चाहेको बताए। उनले भने, यस फिल्ममा ऋतिक र रणवीर सिंहको जोडी पनि राम्रो देखिनेछ।

प्रकाशित : बिहिबार, माघ ०२, २०७६१२:५८

थाइल्याण्डमा साथीहरुसंग प्रियंकाको ‘ब्याचलर पार्टी’, देखिईन यस्तो बोल्ड[तस्विर]!