थाइल्याण्डमा साथीहरुसंग प्रियंकाको ‘ब्याचलर पार्टी’, देखिईन यस्तो बोल्ड[तस्विर]!

काठमाडौँ, माघ ३ । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी अब चाडै नै विवाह बन्धनमा बाधिने भएका छन् ।  हालै नायिका कार्कीले आफ्नो निकटका साथीहरुसंग डेस्टिनेशन ब्याचलर पार्टी मनाएकी छिन् । उनि केहि दिन अगाडी ‘ब्याचलोरेट पार्टी’ मनाउन थाइल्याण्ड  पुगेकी हुन्।

थाइल्याण्ड उड्नु अगाडि उनले आफ्ना साथीहरुसंगको तस्विर शेयर गर्दै ‘कसले विवाह गर्दैछ, अनुमान गर्नुहोस’ भनेकी थिइन् । यतिबेला थाइल्याण्डमा ब्याचलोरेट पार्टीमा रमाईरहेकी प्रियंकाले इन्स्टाग्राममा केहि तस्विर शेयर गरेकीछिन्। जसमा उनि निकै हट देखिएकी छिन् ।

विवाह मिति सार्वजनिक नभए पनि  प्रियंका र आयुष्मानको विवाह फागुनमा हुन लागेको चर्चा चलेको छ । प्रियंका र आयुष्मानले करिब डेढ वर्ष अगाडी इन्गेजमेन्ट गरेका थिए ।

प्रकाशित : शुक्रबार, माघ ०३, २०७६०८:१६

गायक जस्टिन बीबरलाई लाग्यो गम्भीर रोग !