गायक जस्टिन बीबरलाई लाग्यो गम्भीर रोग !

प्रत्येक प्रसिद्ध गायकहरुले आफ्नो आवाजको जादूले प्रशंसकहरुका हृदयमा आफ्नो विशेष स्थान सिर्जना गर्दछ। र आफ्नो देशमा मात्र नभई, विदेशमा पनि नाम कमाउने गर्दछ। उनिहरू मध्ये एक हुन् ‘क्यानाडाली गायक तथा गीतकार’ जस्टिन बीबर, जो आफ्नो गीतहरू तथा आफ्नो व्यक्तिगत जीवनको लागि निकै चर्चामा रहन्छन्।

आजकल जस्टिन एक खतरनाक संक्रामक रोगसँग लडिरहेको छ। प्रसिद्ध गायक जस्टिनको विश्वव्यापी रूपमा फ्यान फलोईङ रहेको छ। तर भर्खरै, जस्टिनले एक अन्तर्वार्ताको क्रममा आफ्नो रोगको बारेमा खुलासा गरेको छ। जुन सुन्दा, प्रशंसकहरु निकै आश्चर्यमा परेका छन्।

वास्तवमा, जस्टिन बीबर कुनै साधारण रोगबाट पीडित नभई  ‘लाइम डिजीज’ नामको एक दुर्लभ र असाध्य रोग लागेको छ। जस्टिनले इन्स्टाग्राममा आफूलाई लागेको यस रोगको बारेमा खुलासा गर्दै लेखेका छन्,’धेरै व्यक्तिहरु भन्दै थिए कि जस्टिन बिबर एकदम फोहोर देखिएको छ, तर म बिरामी छु भन्ने कुरा देख्न सकेनन्। हालसालै मेरो शरीरमा ‘लाइम डिजीज’ देखा परेको छ। यति मात्र नभई ‘क्रोनिक मोनो ‘को पनि सीरियस केस थियो। जसको कारण मेरो छाला, दिमाग, शरीरको उर्जा र समग्र स्वास्थ्य यस रोगबाट प्रभावित भएको छ।’

जस्टिनले एक अन्तर्वार्ताको क्रममा, आफ्नो यस रोगको बारेमा चाडै नै ‘डक्यूमेंट्री सीरीज’ निकाल्ने र छिट्टै आफ्नो यूट्यूबमा अपलोड पनि गर्ने बताए। जस्टिनले यो पनि भने, ‘त्यस डक्यूमेंट्री सीरीजपछि सबैले थाहा पाउने छन् कि म कस्तो अवस्थामा छु। पछिल्ला केही वर्ष मेरो लागि निकै कठिन थियो। यद्यपि सही उपचार पाए पछि म यो रोगबाट छिट्टै छुटकारा पाउन सक्छु। यस रोगबाट छुटकारा पाए पछि म फेरि फेर्केर आउनेछु’।

प्रकाशित : शनिबार, माघ ०४, २०७६०६:२९

“आस्था धेरै रुन्ची नबन तिमी ठूली भइसक्यौ” भन्दै राजेशपायलले दिए यस्तो सुझाव…