बार्साका खेलाडीले भालभेर्डेलाई यसरी गरे बिदाइ

एजेन्सी – बार्सिलोनाले हालै बर्खास्त गरेका प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेलाई क्लबका खेलाडीले सर्वाजनिक रुपमै भावपूर्ण विदाई सन्देश दिएका छन् । जसमा लियोनल मेस्सीदेखि सिनियर खेलाडी समेत सामेल छन् ।

मेस्सी, जेरार्ड पिके, लुइस सुआरेजले सकारात्मक सन्देश दिएका छन् । खेलाडीहरुको सन्देशबाट पनि भाल्र्भेडो उनीहरुका बीचमा लोक प्रिय रहेको बुझ्न सकिन्छ ।

लियोनल मेस्सी

सबै चिजका लागि धन्यवाद बोस । मलाई विश्वास छ तपाई जहाँ जानु हुन्छ त्यहाँ राम्रो गर्नु हुन्छ । किन कि तपाई साच्चै व्यावसायिक हुनुहुन्छ । तपाई असल मान्छे हो । शुभकामना ।’

जेरार्ड पिके

अहिले जोड्दा क्लब लिगको शीर्षस्थानमा छ । दुई वर्षमा दुई वटा लिग उपाधि दिलाउनु भयो । पिकेले ट्विटरमा लेखेका छन । तपाईसँग काम गर्न पाउँदा गौरव महसुस भइरहेको छ । मलाई आशा छ तपाईको जीवनमा सबै राम्रो हुनेछ ।

लुइस सुआरेज

हामीले हरेक क्षण व्यावसायिक रुपमा काम गर्यौं । धेरै धेरै धन्यवाद बोस । सकारात्मक सोचका लागि तपाईबाट सधै साथ पाइरहे । तपाई साच्चै राम्रो मान्छे हुनुहुन्छ । तपाईको सुखद भविष्यको कामना गर्दछु ।

अन्सु फाती

बोस मेरा लागि जे जति गर्नु भयो त्यसको म उच्च मुल्याङ्कन गर्न चाहन्छु । मेरो सपना पुरा गर्नका लागि तपाईले मौका दिनु भयो । तपाईले मलाई टोलीका अन्य सदस्यकै जस्तै व्यवहार गर्नुभयो । म तपाई र तपाईका सबै स्टाफप्रति आभारी छु । मैले तपाईबाट धेरै सिके । भविष्यमा अझै सफलताको लागि कामना गर्दछु । आभारी छु र धेरै धेरै धन्यवाद ।

सर्जी रोर्बेटो

अन्तिम समय सम्म पनि तपाईले देखाउनु भएको व्यवसायिकता र प्रतिबद्धताकाा लगि धन्यवाद छ । म तपाई र तपाईको टोलीको सुखद भविष्यको कामना गर्दछु ।

आर्थर मेलो

बार्सिलोनामा म आएदेखिको एउटा महत्वपूर्ण व्यक्तिको चक्र आज पुरा भएको छ । मलाई क्लबमा स्वागत गर्नुहुने प्रशिक्षक भाल्र्भेडेप प्रति आभारी छु । उहाँकै सहयोगमा म स्पेनको वातावरणमा घुलमिल हुन सकेको छु ।

प्रकाशित : बिहिबार, माघ ०२, २०७६१२:२३

क्रिकेटर वसन्तलाई पुत्री लाभ, झरे खुसीका आँशु !