न बार्सिलोना, न रियल म्याड्रिड : आश्चर्यजनक हुन सक्छ नेयमारको यो निर्णय !

एजेन्सी – नेमारको भविष्य सँधै फुटबलको मुख्य समाचार बन्ने गरेको छ। कहिले उनी बार्सिलोना फर्किने हल्ला चल्छ त कहिले रियाल जाने हल्ला। तर, जति नै हल्ला भएपनि उनी पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर अन्यत्र गएका छैनन्।

गत ट्रान्सफरमा स्पेनिस ला-लिगाका दुई ठूला क्लब बार्सिलोना र रियलले नेयमारको पिछा गरेको भन्दै ब्यापक चर्चा पनि भयो। कसै-कसैले नेयमार बार्सिलोना आउने पक्का जस्तै पनि सम्झिए।

त्यसताका नेयमार भित्र्याउन बार्सिलोनासँगै रियल म्याड्रिड समेत जोडिएको चर्चा थियो। नेयमरले समेत पीएसजी छाडेर अन्यत्र जान चाहेको चर्चा पनि नभएको होइन। पीएसजी छाडेर जाने चर्चाले सबै भन्दा धेरै नेयमारलाई नै घाटा पुग्यो। पीएसजी समर्थक नेयमारसँग रुष्ट भए र नेयमार टिममा ‘भिलेन’को रुपमा हेरियो।

सन् २०१९ मा नेयमारले पीएसजी समर्थकसँग बिग्रिएको सम्बन्ध सुधार्न ठूलै कसरथ गर्न पर्यो। आफू पीएसजीमै रहेर ‘च्याम्पियन्स लिग’ जित्न चाहेको बताउँदै गर्दा नेयमारको प्रदर्शनले पीएसजी समर्थकको रुष्टता केहि कम पनि भयो।

हालसालै विभिन्न अन्तराष्ट्रिय खेल संचार माध्यमहरुमा आएका समाचारहरुले पीएसजी समर्थकलाई अझ बढी उत्साहित तुल्याएको छ। समाचारलाई मान्ने हो भने नेयमार पीएसजीमै रहने पक्षमा छन्। पीएसजीसँगको सम्झौता नवीकरण गर्ने उनको तयारी छ।

‘च्याम्पियन्स लिग’मा पीएसजीको प्रदर्शनसँग नेयमारको भविष्य जोडिने विभिन्न विश्लेषकहरुले दावी गरेका छन्। ‘च्याम्पियन्स लिग’को फाइनल तर्फ पीएसजी अगाडी बढेमा नेयमारले पीएसजीसँगको सम्झौता नवीकरण गर्न सक्ने विश्लेषण गरिएको छ।

नेयमारले पीएसजीमै रहेर ‘च्याम्पियन्स लिग’ जित्ने इच्छा पटक-पटक जाहेर गर्दै आएका छन्। यसैलाई आधार बनाएर नेयमारको सम्झौता नवीकरण बारे विश्लेषण गरिएको हो।

प्रकाशित : शुक्रबार, माघ ०३, २०७६०९:२६

युइएफए उत्कृष्ट टिम २०१९: रोनाल्डो टिममा नपर्नेभएपछि नियमै परिवर्तन, यी खेलाडी अटाए ![सूची]