मेलबर्न स्टार्सको बिग ब्यासमा दशौं जित, सन्दीपले पनि विकेट लिए !

एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिदैं दशौं जित निकालेको छ । शनिवार पर्थ स्कोर्चर्सलाई १० रनले हराउँदै दशौं जित निकालेको हो ।

१ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको पर्थले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रन मात्रै बनाउन सक्यो । पर्थका क्यामरन ब्यानक्रफ्टले ३२, कुर्तिस पिटरसन २०, टिम डेविड ११, लिविङ स्टोन १८ र जोश इन्ग्लिसले १२ रन मात्रै बनाए ।

मेलबर्न स्टार्सका निक मडिनसनले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । डानियल वोरल, कप्तान ग्लेन म्याक्सवेल, क्लिन्ट हिन्चलिफले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको मेलबर्न ले २० ओभरमा ६ विकेट गुमाउदै १ सय ४१ रन बनाएको थियो । उसका ओपनर कार्टराइट ५६ बलमा ७ चौका सहित ५८ रनमा अविजित रहे ।

कप्तान ग्लेन म्याक्सवेल २३ बलमा २ चौका र १ छक्का सहित २५ रनमा आउट भए । निक लरर्किन २४, नाथन कुल्टर नाइल ७ र मार्कस स्टोइनिस ६ रनमा आउट भए । पर्थका म्याथ्यू केली ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । झेय रिचड्सन र फवाद अहमदले १- १ विकेट लिए ।

सन्दीपको चार ओभर

सन्दीपले सातौं ओभरका ७ रन खर्चेर १ विकेट लिए । पहिलो बलमा सन्दीपलाई क्यामरन ब्यानक्रफ्टले चौका प्रहार गरे । दोस्रोमा १ रन लेग वाइका रुपमा दिदा तेस्रो बलमा सन्दीपले लिविङ स्टोनलाई डट राखे । स्टोनलाई सन्दीपले चौथो बलमा कार्ट राइटबाट क्याच गराए । पाँचौ बलमा ब्यानक्रफ्ट र अन्तिम बलमा मिचेल मार्शलाई १-१ रन दिए ।

सन्दीपले नवौं ओभरका ९ रन खर्चिए । पहिलो बलमा १ रन दिएका सन्दीपले दोस्रोमा वाइड र मिचेल मार्शलाई १ रन दिए । तेस्रो बलमा ब्यानक्रफ्टलाई १ रन दिएका सन्दीपले चौथो बल डट राखे । मिचेल मार्शले पाँचौमा चौथो र अन्तिममा २ रन दिए । सन्दीपले १४ औं ओभरमा ४ रन मात्र दिए ।

सन्दीपले १७ औं ओभरमा १० रन खर्चिए । पहिलो बलमा टिम डेविडलाई दुई र दोस्रोमा १ रन दिए । सन्दीपले तेस्रो, चौथो र पाँचौ बलमा १-१ रन दिए । अन्तिम बलमा सन्दीपलाई टिम डेविडले चौका प्रहार गरे ।

मेलबर्न स्टार्स ११ खेलमा १० मा जित र १ मा हार सहित २० अंक जोड्दै शीर्ष स्थानमा छ । मेलबर्न स्टार्सले १२ औं खेलमा सोमवार सिड्नी सिक्सर्ससँग खेल्ने छ ।

प्रकाशित : शनिबार, माघ ०४, २०७६०९:४३

पीएसजीमै रहने बारे नेयमारले गरे यस्तो प्रतिबद्धता !