भोलि माघ ५ गते आईतबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

तपाईको दिन  प्रेअमी र मित्रसँग आनन्दसँग बित्नेछ। नयाँ वस्त्र तथा गहना किन्नु हुनेछ। सामाजिक रूपले मान-सम्मान  प्राप्त  हुनेछ  भने मध्यान्नपछि  सोचविचार गरेर व्यवहार गर्नु पर्नेछ। नयाँ सम्बन्ध बनाउनु भन्दा अगाडी सोच्नुहोला। खर्च अधिक हुनेछ।

वृष – इ,उ,ए ,ओ,वा,वि,वु,वे,वो (Taurus 

व्यवसायको लागि दिन लाभदायी रहेको छ । पारिवारिक वातावरण पनि सुख शान्तिपूर्ण रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ।  व्यावसायिक स्थलमा सहकर्मी तपाईको सहयोगी हुनेछन्। छोटो यात्रा हुन सक्ला।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

तपाईको दिन मध्यम फलदायी रहेको छ। नयाँ कार्य प्रारम्भ सकेसम्म नगर्नुहोला। मध्यान्न पछि घरको वातावरण सुख शान्तिपूर्ण रहनेछ।  मानसिक रूपले तपाई प्रफुल्लित रहनु हुनेछ। शारीरिक स्वास्थ्यमा सुधार हुनेछ। आर्थिक लाभ हुनुको साथै व्यवसायमा प्रसिद्दि प्राप्त हुनेछ।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ 

तपाईको निराशापनले  मानसिक र शारीरिक रुपले चिन्तित रहनु हुनेछ। आमाको स्वास्थ्य बिग्रिन सक्ला।  वैचारिक स्तरमा  विचलित  नहुनुहोला। मध्यान्न पछि  शारीरिक रूपले  प्रसन्नताको  अनुभव हुनेछ। नयाँ कार्यमा सफलता होला।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

धार्मिक यात्रा होला।  नयाँ कार्य प्रारम्भ गर्न सक्नु हुनेछ। ।विदेशबाट लाभदायी समाचार मिलन सक्छ।मध्यान्नपछि तपाई निकै भावनाशील बन्नु हुनेछ । त्यसैले  मनमा निराशा इवृद्दि हुनेछ।  स्वास्थ्य बिग्रन सक्छ।

कन्या – टो  ,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

कुनै  प्रकारको  निर्णयात्मक स्थितिमा नपुग्नुहोला।  नयाँ कार्य प्रारम्भ गर्नको लागि उचित समय छैन। मौन रहेर दिन बिताउनु होला। शारीरिक र मानसिक रूपले  स्वास्थ्य मध्यम रहनेछ। भाग्यवृद्दि  होला।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

 शारीरिक र मानसिक स्वास्थ्य प्रति ध्यान राख्नुहोला।  नयाँ वस्त्र तथा गहना किन्दा पैसा खर्च हुनेछ। तर मध्यान्न पछि मानसिक रुपले  अनिर्णयको स्थितिमा रहनु हुनेछ। परिवारसँग भएको मतभेदलाई टाढा राख्नुहोला। आवश्यक निर्णय सकेसम्म नलिनुहोला।

वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु  (Scorpio)

आध्यात्मिक र ईश्वरको  भक्तिले मनमा शान्ति प्राप्त हुनेछ। मनमा उठेको नकरात्मक भावनालाई ध्यान राख्नुहोला। शारीरिक र मानसिक रुपले  स्वस्थ महसूस  गर्नु हुनेछ। तपाईको आत्मविश्वास वृद्धि हुँदै जानेछ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

तपाईको आय वृद्दि र लाभ हुनेछ।  सामाजिक कार्यमा भाग लिनाले मन प्रसन्न रहनेछ।  मान-सम्मान एवं आय  वृद्धि हुनको साथै व्यापारमा पनि लाभ हुनेछ । शारीरिक स्वास्थ्य बिग्रिन सक्छ । बोलिमा ध्यान दिनुहोला।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

व्यवसायिक क्षेत्रमा सफलता प्राप्त हुनेछ।  उच्च अधिकारी वर्गले तपाईलाई प्रोत्साहित गर्नेछ। पदोन्नतिको योग रहेको छ। पारिवारिक वातावरण आनन्दपूर्ण रहनेछ।  सामाजिक तथा आर्थिक क्षेत्रमा लाभ होला। मित्रको तर्फ बाट लाभ होला।

  कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius)

तउच्च अधिकारीसँग कुरा गर्ने समय विवेक राख्नुहोला। सन्तानको स्वास्थ्यको चिन्ता रहनेछ। लामो समयको यात्राको योजना बनाउनु हुनेछ।   धार्मिक स्थलको यात्रा हुन् सक्ला। मध्यान्नपछि व्यवसायिक स्थलमा वातावरण अनुकुल रहनेछ। व्यवसायिक क्षेत्रमा  अधिकारीवर्ग तपाईको   कार्यबाट  प्रसन्न  रहनेछन्।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces)

कसैसँग  वाद-विवाद वा झगडा नगर्नुहोला।  सुखमय विषयमा तपाईको रुचि रहनेछ। गहन चिन्तनले तपाईको मनलाई शान्ति प्रदान गर्नेछ।  बौद्धिक रूपले  लेखनकार्यमा तपाई सक्रिय रहनुहुनेछ। विदेशस्थित प्रेमीको समाचार मिल्नाले मन प्रसन्न हुनेछ।

प्रकाशित : शनिबार, माघ ०४, २०७६१५:०२

माघ ५ देखि माघ ११ गतेसम्म कुन राशिलाई कति शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !