माघ ५ देखि माघ ११ गतेसम्म कुन राशिलाई कति शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

काममा उन्नति, प्रगति हुने देखिन्छ। पारिवारिक र दाम्पत्य जीवनमा सुख, शान्ति रहनेछ। घरपरिवारको सहयोग प्राप्त हुनेछ। देशविदेशको यात्राको योग बन्न सक्नेछ। शुभ कार्यमा सरिक हुने साता रहेको छ। खेलाडीहरूका लागि साता उत्कृष्ट देखिन्छ। खानपानमा थोरै विचार पुऱ्याउनुपर्नेछ। नयाँ सवारी साधनका योगहरू बन्नेछन्।

वृष – इ,उ,ए ,ओ,वा,वि,वु,वे,वो (Taurus 

आर्थिक समृद्धि, उन्नति, प्रगतिको साता बन्नेछ। पारिवारिक र दाम्पत्य जीवनमा समृद्धि प्राप्त हुनेछ। खेलाडीहरूका लागि साता मध्यम छ। दाजुभाइ, दिदीबहिनीबीच केही अप्ठ्यारा रहनेछन्। आयआर्जनका मार्गहरू प्रशस्त बन्ने देखिन्छ। नयाँ कार्यको थालनीमा भने केही अप्ठ्याराहरू आउलान्। कृषि क्षेत्रमा लाभ छ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

मान, सम्मान, इज्जत, प्रतिष्ठा मिल्नेछ। आफन्त, परिजनको सहयोग प्राप्त हुन सक्नेछ। गर्न खोजेको काममा अप्ठ्यारो वातावरण सिर्जना हुन सक्नेछ। नयाँ सवारी साधनको योग बन्नेछ। घरपरिवारमा प्रेम र सद्भाव निकै राम्रो देखिएको छ। दाजुभाइ, दिदीबहिनीबाट भरपुर सहयोग पाउनुहुनेछ।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ 

स्वास्थ्यमा केही समस्या रहला। मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। दाजुभाइ, दिदीबहिनीको सहयोग प्राप्त हुन सक्नेछ। कृषि क्षेत्रमा निकै लाभ होला। खेलाडीहरूका लागी साता राम्रो रहेको छ। अकस्मात् धनलाभको योग बन्न सक्नेछ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

दाम्पत्य र पारिवारिक जीवनमा सुख, शान्ति रहनेछ। जागिरेहरूको साता केही समस्यामा बित्ला। घरपरिवारको सहयोग मध्यम रहनेछ। स्वास्थ्यमा थोरै विचार पुऱ्याउनुपर्नेछ। अकस्मात् यात्राको योग बन्नेछ। छात्रछात्राहरूका लागि साता राम्रै देखिएको छ।

कन्या – टो  ,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

आर्थिक समृद्धि, उन्नति, प्रगतिको साता रहनेछ। मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। राजनीतिक क्षेत्रमा सामान्य लाभ हुनेछ। स्वास्थ्यमा थोरै विचार पुऱ्याउनुपर्नेछ। दाजुभाइ, दिदीबहिनी, घरपरिवारबाट भरपुर सहयोग प्राप्त हुनेछ। जागिरेहरूका लागि साता मध्यम देखिएको छ। नयाँ सवारी साधनका योगहरू बन्नेछन्। कृषि क्षेत्रमा मध्यम लाभ छ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

आर्थिक समृद्धिको वातावरण बन्नेछ। रोकिएको काम बन्ला। नचाहिँदा झुटा आरोप, प्रत्यारोप सहनुपर्नेछ। यात्रामा केही समस्या हुनेछ। मनमा कौतूहल र चिन्ता छाइरहनेछ। दाजुभाइ, दिदीबहिनीबाट पाउने सहयोग मध्यम देखिएको छ। आयआर्जनका मार्ग भने प्रशस्त बन्नेछन्। घर, जग्गा, जमिनका योग बन्नेछन्। धार्मिक कार्यमा सरिक हुनुहुनेछ। साहित्य, सङ्गीत, कलाका सर्जकहरूका लागि साता राम्रो छ।

वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु  (Scorpio)

मनमा कौतूहल र चिन्ता रहला। कृषि क्षेत्रमा लाभ हुनेछ। पेटसम्बन्धी समस्याले सताउन सक्नेछ। दाजुभाइ, दिदीबहिनीबाट पाउने सहयोग राम्रै देखिएको छ। नयाँ काममा अप्ठ्यारा आउन सक्नेछन्। लेनदेनमा थोरै विचार पुऱ्याउनुपर्नेछ। व्यापार, व्यवसायमा लाभ हुनेछ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। आफन्त, परिजनसँगको प्रेम र सद्भाव राम्रो देखिन्छ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। दाम्पत्य जीवनमा केही समस्या रहला। मनमा उत्साह र उमङ्ग छाउनेछ। खानपिनमा थोरै विचार पुऱ्याउनुपर्नेछ। राजनीतिक र सामाजिक क्षेत्र सामान्य देखिन्छ। अकस्मात् यात्राको योग बन्ला।धार्मिक कार्यमा सरिक हुने साता रहेको छ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

दाजुभाइ, दिदीबहिनीबीचको माया, प्रेम र सद्भाव राम्रो देखिएको छ। धार्मिक कार्यमा सरिक हुनुहुनेछ। दाम्पत्य जीवनमा केही कष्ट होला। व्यापार, व्यवसायमा राम्रो छ। जागिरेहरूका लागि साता मध्यम देखिएको छ। बैंक तथा वित्तीय संस्थामा काम गर्नेहरूको साता केही समस्यामा बित्न सक्नेछ। सवारी साधनमा निकै विवेक पुऱ्याउनुपर्नेछ।

  कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius)

मन अशान्त रहला। नचाहिँदा झुटा आरोप, प्रत्यारोप सहनुपर्ला। आमाबुवाको स्वास्थ्यमा केही समस्या आउन सक्नेछ। नयाँ सवारी साधनको योग बन्नेछ। पारिवारिक उन्नति, प्रगतिमा केही बाधा आउला। दाम्पत्य जीवनमा सुख, शान्ति रहनेछ। यो साता केही झुटा आरोप, प्रत्यारोप सहनुपर्ला।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces)

पारिवारिक र दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि छाउनेछ। घरपरिवारबाट भरपुर सहयोग प्राप्त होला। नयाँ कार्यको थालनीको योग बन्नेछ। साहित्य, सङ्गीतमा पुरस्कृत हुनुहुनेछ। शिक्षामा ग्रहले राम्रो साथ दिनेछ।

प्रकाशित : आइतबार, माघ ०५, २०७६०३:३६

भोलि माघ ६ गते सोमबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !