“मेस्सी भन्दा साडियो माने ब्यालोन डि ओ’रको हकदार थिए”

एजेन्सी – पूर्व चेल्सी तथा न्यूकासल स्ट्राइकर डेम्बा बाले साडियो माने प्रतिष्ठित पुरस्कारको हकदार भएको बताएका छन्।

२०१८-१९ सिजनमा उत्कृष्ट प्रदर्शन गरेका सेनेगलि तथा लिभरपुल स्ट्राइकर साडियो माने ब्यालोन डि ओ’र जस्ता प्रतिष्ठित पुरस्कारको हकदार भएको दावी गरेका हुन्।

डेम्बाले सन् २०१९ को ब्यालोन डि ओ’र मेस्सीले भन्दा पनि मानेले जित्नु पर्थ्यो भनेका छन्। सन् २०१९ मा उत्कृष्ट प्रदर्शन गरेको हुँदा मेस्सी भन्दा पनि साडियो मानेले ब्यालोन डि ओ’र जितेको भए राम्रो हुन्थ्यो भन्ने उनको बुझाई छ।

सन् २०१९ मा मेस्सीलाई टक्कर दिने प्रदर्शन गरेता पनि मानेलाई बेवास्ता गरिएको प्रति उनको दुखेसो छ। सन् २०१९ मा च्याम्पियन्स लिग र प्रिमियर लिगका गोल्डेन बुट विजेता मानेले मेस्सीलाई समेत उछिन्ने प्रदर्शन गरेको उनको भनाई छ।

“आजकल हामी तथ्यांकको कुरा गर्छौं। व्यक्तिगत र सामूहिक प्रदर्शनको तथ्यांक हेर्ने हो भने पनि माने सन् २०१९ को ब्यालोन डि ओ’र अवार्डको हकदार देखिन्छन्”,उनले भने।

यस प्रकारको अवार्डमा लोकप्रियतालाई भन्दा पनि प्रदर्शनलाई आधार बनाइनुपर्ने उनको तर्क छ। “मानेले च्याम्पियन्स लिग, सुपर कप जिते, सन् २०१९ मा मानेको अविश्वसनीय प्रदर्शन थियो।”,उनले भने।

सन् २०१९ को ब्यालोन डि ओ’रको हकदार थिए भनिरहँदा माने मेस्सी भन्दा राम्रा खेलाडी हुन्न भन्न चाहिं नसकिने उनको भनाई छ। डेम्बाका अनुसार सम्पूर्ण तवरबाट माने भन्दा मेस्सी नै उत्कृष्ट छन्।

“यदि साडियो आफैंले मेस्सी भन्दा उत्कृष्ट छु भन्छन् भने पनि म मन्दिन। तर, सन् २०१९ मा मानेले धेरै राम्रो खेले।”,उनले भने।

प्रकाशित : आइतबार, माघ ०५, २०७६१०:२७

ब्राजिलियन मिडफिल्डर रियलमा….