ब्राजिलियन मिडफिल्डर रियलमा….

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले ब्राजिलियन क्लब फ्लामेंगोबाट युवा मिडफिल्डर रेनीअर जेससलाई झन्डै ३० मिलियन युरो खर्चेर अनुबन्ध गरेको छ ।

रियलले रेनीअरसँग यसअघि नै मौखिक सम्झौता गरेको थियो । त्यसै अनुरुप सोमबार उनी औपचारिक रुपमा रियालमा अनुबन्धित भएका हुन् । रेनीअरलाई टोलीमा समेट्न युरोपका शीर्ष क्लबहरुले प्रयास गरेका थिए । बार्सिलोना, एटलेटिको म्याड्रिड, म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेनले फ्लामेंगोसँग सम्पर्क पनि गरेका थिए । तर रियलले क्लबलाई ३० मिलियन युरोको रिलिज क्लज तिर्ने बताएसँगै खेलाडीसँग पनि छलफल गरेको थियो ।

रियलले रेनीअरलाई अनुबन्ध गरेलगत्तै सिनियर टोलीमा भने नलग्ने भएको छ । उनले रियलको दोस्रो टोली कास्टिलामा रहेर खेल्नेछन् । यसअघि भिनिसियस जुनियर र रोड्रीगोले पनि सोहि अनुसार सिनियर टोलीको यात्रा तय गरेका थिए । कास्टिलामा रियलका पूर्वकप्तान राउल मुख्य प्रशिक्षक रहेका छन् ।

रियलले रेनीअरलाई हालको लागि नभएर भविष्यको लागि सोचेर अनुबन्ध गरेको बुझिएको छ । रेनीअर हाल ब्राजिलको यू-२३ टोलीसँग रहेर ओलम्पिक छनोटमा व्यस्त छन् । उनी उक्त प्रतियोगिता सकेपछि रियलको कास्टिला टोलीमा रहनेछन् ।

प्रकाशित : मङ्गलबार, माघ ०७, २०७६०४:०५

एकै खेलमा १ हजार भन्दा बढी पास !