पाँच तारे होटलमा जस्तै सेवा र सुविधा भएको यो अचम्मको जेल !

काठमाडौ । धेरै मानिसहरु जेलमा बसेर आएको भन्ने बित्तिकै नराम्रो नजरले हेर्ने र डराउने गर्दछन् । किनभने जेल अपराधिक गतिविधिमा लागेका व्यक्तिहरुलाई राख्ने सानो, अध्यारो र फोहोर ठाँउ हो । तर विश्वको एउटा देशमा यस्तो जेल पनि रहेको छ । जहाँ जानको लागी मानिसहरु जानीजानी अपराध गर्ने गर्दछन् । किन यस्तो अपराधिक कार्यमा सम्लग्न हुन्छन् ?यस्तो छ कारण

यो जेल अष्ट्रियामा रहेको छ । यो जेलको नाम ‘जस्टिस सेन्टर लियोबेन’ हो । २०५ जना कैदी राखिएको यो जेलमा पाँच तारे होटलमा हुने हरेक सेवा र सुविधा रहेको छ । त्यस्तै यो जेलमा कैदीलाई सबै प्रकारका भित्र खेलिने खेलहरुको सुविधा छ । प्रत्येक कैदीलाई निजी कोठा टीवी, फ्रिज, ल्यापटप र फोनसमेत प्रयोग गर्न छुट दिइएको छ । त्यसैगरी जेलमा कैदीहरुलाई १३ जनासम्मको समुह बनाएर बस्न छुट दिइएको छ । जेलमा वरिपरी प्रशस्त घुम्ने ठाँउ रहेको छ । त्यसैले यहाँ कैदीहरु सानले बस्ने गर्दछन् । यस जेलको नजिकै अदालतसम्बन्धि काम हुने भएकाले यो जेल आम जनताका लागि पनि खुल्ला छ ।

त्यसैले जेल छेउको शिलालेखमा ‘सबै मानिस स्वतन्त्र जन्मिएका हुन्छन् र स्वतन्त्रता सबैको अधिकार र गरिमा हो ।’ लेखिएको छ । सन् २००५ बाट सुरु भएको यस जेललाई आर्किटेक्ट जोसेफ होहेन्सिन्नद्वारा डिजाइन गरिएको हो ।

प्रकाशित : आइतबार, माघ ०५, २०७६१२:४१

विना प्यान्ट, प्रियंका र निकको हट डान्स! भाइरल हुदै भिडियो!