विना प्यान्ट, प्रियंका र निकको हट डान्स! भाइरल हुदै भिडियो!

बलिउड पछि अहिले हलिउडमा तहल्का मचाउने अभिनेत्री प्रियंका चोपडा, अहिले निकै चर्चाको बिषय भएकी छिन्। प्रियंका चोपडा र उनका पति निक जोनस ट्रेंडिंग कपलहरु मध्ये एक हुन्। प्रियंका र निक जोनसका एक गीतको भिडियो  सोशल मीडियामा भाइरल भइरहेको छ। भिडियोमा दुबै प्यान्ट बिना नै देखापरेका छन्।

भिडियोमा दुबैले सेतो शर्ट र मोजा लगाएका छन् जसमा प्रियंका निकै आकर्षक देखिएकी छिन्। यो गीत १९८० को ‘व्हाट ए म्यान गट डू’ को दोस्रो भाग हो। जहाँ प्रियंका र निकको जोडीलाई निकै मन पराइएको छ। तर केहि व्यक्तिहरुले भने सोशल मिडियामा दुबैको निकै मजाक उदाएका छन्। एक प्रयोगकर्ताले त झन् दुवैलाई ‘रिस्की बिजनेस कपल’ समेत भनेका छन्।

आफै हेर्नुहोस् कि मानिसहरूले यो भिडियोलाई ट्विटरमा कस्तो खालको प्रतिक्रिया दिए।

यी जोडीको विवाह भएको झन्डै एक बर्ष भइसक्दा पनि यी दुई बीचको प्रेम अहिलेसम्म कम भने भएको छैन। प्राय: मानिसहरुले यी दुबैको प्रेम गर्ने शैलीलाई निकै मन पराउँछन्।

पुरा भिडियो हेर्नुहोस:

प्रकाशित : सोमबार, माघ ०६, २०७६०८:२२

‘ब्याचलर पार्टी’ मा प्रियंका कार्कीलाई देखियो यति सुन्दर र बो’ल्ड [तस्विर]!