प्रमुख प्रतिपक्षी दलका नेता पोखरेलको नि’धन

रुपन्देही, ६ माघ : प्रदेश नं ५ प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा आज निध’न भएको छ ।

विगत एक वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पोखरेलकोे रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ खैरियास्थित आफ्नै निवासमा अपराह्न साढे १ बजे निध’न भएको हो । छातीमा क्यान्सरको सङ्क्रमणका कारण रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराइरहनु भएका पोखरेललाई केही दिनअघि मात्रै घर लगिएको थियो ।

विसं १९९४ माघ १९ गते प्युठानको तुसारामा जन्मिनु भएका पोखरेल नेपाली काँग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभाको सदस्य बन्नु भएको थियो । उहाँ प्रदेशसभाकै जेष्ठ सदस्य हुनु हुन्थ्यो । पोखरेलका श्रीमती, चार छोरा र दुई छोरी पनि छन् ।

प्रकाशित : सोमबार, माघ ०६, २०७६०९:४८

प्रदेश ५ कै ज्येष्ठ सदस्य तथा विपक्षी नेता पोखरेलको निधन