आस्था विनाकारण नै रिसाइन त? भन्दै प्रमोदले लेखे यस्तो चिन्तित स्टाटस!

काठमाडौँ, माघ ६ । गायिका आस्था राउतले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफुमाथि  महिला प्रहरीबाट नै दुर्व्य’वहार भएको भन्दै गत माघ १ गते एक भिडियो सार्वजनिक गरेकी थिइन्। उक्त भिडियोमा उनले आफुमाथि दु’र्व्य’वहार भएको भन्दै प्रहरीलाई केहि पाठ सिकाईन तर बोल्दै जादा उनि आफैले अपशब्द बोलिन जसले गर्दा थप उनको आलोचना भयो ।

अहिले यस घटनाबारे आम जनमानसबाट सामाजिक संजालमा सकरात्मक र नकरात्मक दुवै प्रतिक्रियाहरु आइरहेका छन्। तर  आस्था राउतको पक्षमा बोल्ने  संस्था नभएपछि  चर्चित गायक प्रमोद खरेलले चिन्ता व्यक्त गरेका छन्।

खरेल लेख्छन्:

प्रसंग
गायक गायिकाको विषयमा बोल्ने एउटा पनि संस्था नभएको अनुभव भयो हाल आएर । सेतुराम देखि आजको दिनसम्म को इतिहास बोकेको यो राष्ट्रकै अभिन्न अंग भैसक्ने बेलामा पनि संस्थागत रुपमा शुन्य नै रहेको आभाष भयो अहिले । केहि दिन देखि चर्चामा रहेको आस्था राउत प्र’करणमा सकारात्मक वा नकारात्मक ( समर्थन वा आलोचना) कुनै पनि टिप्पणी गर्ने गायक गायिकाको संस्था नहुदा करोडौ श्रोताले माया र स्नेह दिएको यो क्षेत्र नै विचरो अवस्था भएको आभाष भएको छ।

अब विषयतिर लागौ #आस्था_प्र’करण

गएको केहि दिनबाट सामाजिक सन्जालमा भाइरल यो प्र’करणले आस्था राउतलाइ पक्रने आदेश दिएको छ। जहाँ सम्म लाग्छ , यो निर्णय बाहिरिएको सिसिटिभी फ़ुटेज भन्दा पनि उनले फेसबुक  लाइभमा दिएको अभिव्यक्ति र त्यसमा प्रयोग भएका शव्दहरुहरु नै हुन। जुन आफैमा केहि अस्वाभाविक र कलाकारलाइ असुहाउदा नै छन, र देशमा कर्तव्य निर्वाह गर्ने प्रहरीका लागि निश्चय नै आपत्तिजनक हुन दुइमत छैन। जुन बारे स्वयम् आस्थाले नै स्विकार गरी माफी  मागीसकेकी छिन। तर माफीले नपुगेरै होला प्रहरीले अनुसन्धानका निम्ति पक्राउ आदेश जारी गरेको र आस्थाले सिक्किम बाटै प्रहरीलाइ सहयोग गर्ने बताइसकेकी छिन।

सिसिटिभी फुटेजमा अडियो छैन, दुवैले के बोले थाहा छैन। जहा  दुवैको दोष हुन सक्छ, प्रहरीको चेकिंगमा सहयोग नगर्ने आस्थाको कमजोरी हो दुइ मत छैन, तर प्रहरीले पनि आस्थासँग गरेको व्यवहार कस्तो थियो त्यसमा भर पर्छ।  उनि विनाकारण नै रिसाइन त ?? पक्कै पनि होइन। दिनभर ड्युटीले थकान भएर प्रहरीले यस्तो व्यवहार गरिन होला भन्न पनि मिल्दैन तसर्थ गल्तिको प्रतिशत जति जति भएपनि अनुसन्धान दुइ पक्षिय नै हुनुपर्छ एक पक्षिय हैन यदि अघि बढ्ने नै हो भने तर आम नागरिकको प्रहरी प्रतिको विश्वस्वनियता , नागरिक प्रति प्रहरीको हातेमालो, अझ विगत देखि नै कलाकारलाइ प्रहरीले र प्रहरीलाइ कलाकारले गर्ने व्यवहार पवित्र छ।  एकाध व्यक्तिगत घटनालाइ समग्र कलाकार र समग्र प्रहरी क्षेत्र जोडनु जोडाउनु दुर्भाग्य हुनेछ । सामाजिक सन्जालमा कलाकार र प्रहरीका पक्ष विपक्ष हुदै धुर्विकरण तिर जाने र इख बटुलेर अघि बढने हो भने त्यसले दीर्घकालीन फाइदा गर्दैन।

आस्था यस घटनाबाट विक्षिप्त पक्कै छिन्।  आम नागरिक सरह नै उनले पनि द’ण्ड भोग्लिन नै, यसमा प्रहरी र निर्णय कर्ताले नै टुंगो लाउलान वा सामान्य पुछताछ पछि घटना सकिएला । र आस्थाले सार्वजनिक रुपमा माफि माग्दै घटनाको द इन्ड गर्लिन। अब आस्थालाइ थप मानसिक कमजोर बनाउनुको सट्टा सचेत र परिपक्व बनाउनु पर्छ प्रहरीले , यस्ता घटना नदोहोरिने वातावरण बनाउनु पर्छ । प्रहरीलाइ नि हामीले काम गर्ने वातावरण बनाइ दिनै पर्छ। केहि समयमा नै आस्था र प्रहरी जवान रमिताको हात मिलाइदै गरेको हँसिलो तस्वीर सामाजिक सन्जालमा देख्न पाइयोस।
घन्यवाद

प्रकाशित : सोमबार, माघ ०६, २०७६११:४२

सुदूरपश्चिम प्रदेश सरकारले छाडा चौपायाको व्यवस्थापन गर्ने