भोलि माघ ७ गते मंगलबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

तपाई सांसारिक विषयलाई टाढा राखेर आध्यात्मिकता तर्फ मोडिनुहुनेछ । रहस्यमय विद्या तर्फ  विशेष आकर्षण रहनेछ । बोलिमा ध्यान राख्नुहोला । अचानक धन लाभ होला ।

वृष – इ,उ,ए ,ओ,वा,वि,वु,वे,वो (Taurus 

 गृहस्थ जीवन र दाम्पत्यजीवनमा  सुख- शान्तिको अनुभव हुनुका साथै पारिवारिक सदस्य र निकट साथीसँग  उत्तम भोजन गर्ने अवसर मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ । धन लाभ हुनेछ । टाढा बस्ने  प्रेमीबाट  खुशीको खबर मिल्नेछ । तपाईले मान-सम्मान प्राप्त गर्नु हुनेछ ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

अधुरो कार्य पूरा गर्नको  लागि शुभ दिन रहेको छ । परिवारमा आनन्द र उलास माहोल रहनेछ । स्वास्थ्य पनि ठिक र स्वस्थ रहनेछ । अन्य मान्छेसँग कुरा गर्ने क्रममा क्रोधलाई काबुमा राख्नुहोला। धन प्राप्त हुनेछ । आवश्यक खर्च मात्र हुनेछ ।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ 

तपाई  शारीरिक र  मानसिक रूपले निराश रहनुहुनेछ ।  आकस्मिक धन खर्च होला । प्रेमी बीच वाद-विवाद होला ।  अत्यधिक का’मुक्ताले  तपाईलाई संकट ल्याउन सक्छ  । नयाँ कार्यको सुरु नगर्नु  वा यात्रामा नजानुहोला ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

मानसिक अस्वस्थता रहनुको साथै परिवारसँग  मनमुटाव हुन सक्ला । आमाको स्वास्थ्य  खराब होला।  नकारात्मक विचारले निराश बनाउनेछ । जलाशय ख’तरनाक साबित हुन सक्छ ।

कन्या – टो  ,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

आर्थिक  लाभ हुनेछ र भावनात्मक सम्बन्ध स्थापित हुनेछ । भाई- बहिनीसँग मेलमिलाप   हुनेछ  । मित्र र प्रेमसँग भेट हुनेछ। रहस्यमय विद्या प्रति आकर्षण हुनु हुनेछ र त्यसमा सिद्दी  पनि मिल्नेछ । विरोध र प्रतिस्पर्धालाई डटेर सामना गर्नु हुनेछ ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

रिसको आवेगमा  बोलिमा ध्यान नदिदा पारिवारिक सदस्यसँग वादविवाद हुनेछ । अनावश्यक खर्च हुनेछ । स्वास्थ्य खराब होला । अनैतिक प्रवृत्ति तर्फ नमोडि नुहोला ।

वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु  (Scorpio)

तपाईको दिन शुभ रहेको छ । शारीरिक र मानसिक रूपले प्रसन्न रहनेछ । पारिवारिक सदस्यसँग खुशीसँग समय बिताउनु हुनेछ  । साथी वा प्रेमीको तर्फबाट उपहार मिल्नेछ । धन लाभ हुनेछ । दाम्पत्य जीवनमा प्रसन्नता अनुभव हुनेछ ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

क्रोधको कारण पारिवारिक सदस्य तथा अन्य मान्छेसँग सम्बन्ध बिग्रिन सक्छ । तपाईको बोलि र व्यवहार झगडाको कारण बन्न  सक्छ । दु’र्घटनाबाट बच्नुहोला  । व्यर्थको कार्यमा तपाईको खर्च हुनेछ ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

तपाईको दिन हरेक क्षेत्रमा  लाभदायक रहेको छ । प्रेमी  र साथीसँग भेट हुनेछ । विवाहोत्सुक व्यक्तिको  वैवाहिक समस्या मामूली प्रयत्नबाट हल हुनेछ ।  गृहस्थजीवन आनन्द रहनेछ । नयाँ वस्तु किन्नु हुनेछ ।

  कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius)

हरेक कार्य सरलतापूर्वक हल हुनेछ र त्यसबाट सफलता प्राप्त हुनेछ  । पेसा-धन्दाको ठाउँमा अनुकुल  परिस्थिति निर्मित हुनेछ। सरकारी कार्यमा बाधा हट्नेछ । मानसिक रूपबाट उर्जा महसुस हुनेछ  । पदोन्नति र धन प्राप्तिको योग रहेको छ  । गृहस्थजीवन आनन्दपूर्ण रहनेछ  र मान प्रतिष्ठा  वृद्धि हुनेछ ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces )

मानसिक अस्वस्थताले तपाईलाई समस्यामा ल्याउनेछ । पेसामा  उच्च अधिकारिसँग  सावधानीपूर्वक कार्य गर्नुहुनेछ । सन्तानको समस्याले तपाईलाई चिन्तित गर्नेछ । महत्त्वपूर्ण निर्णय नलिनुहोला  ।

प्रकाशित : सोमबार, माघ ०६, २०७६१३:५८

भोलि माघ ८ गते बुधबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस दैनिक राशिफल!