हामी मध्ये धेरैको निन्द्रा, राति डरको कारणले टुक्रिने गर्दछ। त्यसि गरि कहिले काहिँ, कुनै नराम्रो सपनाको कारण हामी बिउझिने गर्दछौ। कहिले काहीं निन्द्रामा पनि कसैले हेरिरहेको जस्तो र कोही कोठाभित्र छिरेको जस्तो महसुस हुन्छ। यो एक यस्तो भ्रम हो, जुन धेरै व्यक्तिहरुलाई वास्तविकता जस्तो लाग्ने गर्छ र डरका कारण निन्द्रा पनि भाग्ने गर्छ।
स्वस्थ जीवनको लागि पर्याप्त निन्द्रा धेरै महत्त्वपूर्ण हुन्छ। यस्तो अवस्थामा, यदि तपाई राम्ररी सुत्न सक्नुहुन्न भने, यसले तपाईको शरीरलाई मात्रै नभई दिमागलाई पनि असर गर्दछ। आज हामी यस्तै बिषयमा चर्चा गर्ने छौ, जसको माध्यमबाट नकारात्मक उर्जाबाट छुटकारा पाउनुका साथै दिमागलाई पर्याप्त निद्राको लागि बाध्य पनि पार्नेछ।
पद्मासन
सबै भन्दा पहिला आफ्नो ओछ्यानमा पद्मासनको अवस्थामा बस्नुहोस्, अर्थात् पलति मारेर बस्नुहोस्। त्यसपछि आफ्नो नाकबाट लामो सास भित्र लिनुहोस् र बिस्तारै मुखबाट सास बाहिर फाल्नुहोस। तपाईको वरपर सुन्दर रङ्ग जस्तै – गुलाबी, बैजनी, रातो, सुन्तला, आदि फैलिएको महसुस गर्नुहोस्।
जब तपाई यो रङ्ग चारै तिर फैलिएको देख्नुहुन्छ, तब यो रंग तपाईको शरीरको प्रत्येक भागमा फैलिएको कल्पना गर्नुहोस्। सहस्रार चक्रबाट शुरु भएर खुट्टासम्म र शरीरको हरेक भाग, हरेक अंगलाई महसुस गर्नुहोस्।
यस्ता व्यक्ति वा वस्तुलाई टाढा नै राख्नुहोस्
जुन चीज, व्यक्ति वा घटनाहरुले तपाईलाई तनाव दिन्छ, तपाईलाई उदास बनाउछ, त्यस्ता कुरालाई आफ्नो मन र दिमागबाट हटाउने प्रयास गर्नुहोस्। त्यस्ता कुरा आफूबाट टाढा जादैछ र तपाई आफैसंग नजिक हुनुहुदैछ छ भन्ने महसुस गर्नुहोस्।
जब तपाईलाइ आफ्नो शरीरबाट ती नकारात्मक व्यक्ति वा घटनाहरु टाढा भइसकेको भित्रैबाट महसुस हुन्छ, तब तपाई आफ्नो शरीर शान्त र हलुका महसुस गर्नुहुनेछ। जस कारण सपना राम्रो देख्नुका साथै निन्द्रा पनि आनंददायक हुनेछ।