एजेन्सी, हालै सामाजिक संजालमा एक भिडियो निकै भाइरल भएको छ । जसमा धावनमार्गबाट उड्ने बित्तिकै एक विमानको चक्का खसेको देखिन्छ। उक्त भिडियो विमानभित्र रहेका एक यात्रुले खिचेका हुन् । वास्तवमा केहि केहि साता अगाडी एयर क्यानडा एक्सप्रेसको एक विमानको धावनमार्गबाट उड्नसाथ चक्का खासेको थियो ।
टम नाम गरेको ट्वीटर अकाउन्टबाट यस भिडियो फुटेज सार्वजनिक भएको हो । सार्वजनिक भिडियोमा विमान धावनमार्गमा गुड्दै गर्दा चक्कामा आगोको झिल्का देखिन्छ र विमानले भुई छोड्नसाथ छक्क खस्छ । एक्कासी चक्का खुस्किएपछि पाइलटले विमानलाई फेरि विमानस्थलतिरै फर्काएका छन्।
Bon bah là j’suis actuellement dans un avion qui vient de perdre une roue…
2020 commence plutôt bien 🤔 pic.twitter.com/eZhbOJqIQr— том (@caf_tom) January 3, 2020
तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइयो
प्रहरी तथा स्थानीयवासीको सहयोगमा यहाँका तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइएको छ । बडीकेदार, जोरायल तथा पूर्वीचौकी गाउँपालिकामा रहेका गोठ सोमबारसम्म भत्काइएको हो ।
सबैभन्दा बढी बडीकेदार गाउँपालिकाको वडा नं ३ को सिदुरेपानी, वडा नं १ र २ को बिपिनगर, बर्छैन, अलाडी, अल्याडी, लटाली, रिसेडी र बिठारा गााउँमा ९१, जोरायल गाउँपालिका–५ धुपारी गाउँमा ३ तथा पूर्वीचौकी गाउँपालिका–५ को काडामाडौँमा १४ गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिनुभयो ।
नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा गोठ भत्काउने क्रम जारी रहेको छ । प्रहरीले गोठ भए नभएको अवस्थाका बारेमा समेत अनुगमनसमेत गरिरहेको छ । अनुगमनका क्रममा ती तीन गाउँपालिकामा मात्रै ११३ वटा छाउपडी गोठ रहेको जनाइएको छ । उहाँले भन्नुभयो, “तीन गाउँपालिकामा छाउगोठ भेटिएका छन्, छाउगोठ भत्काउने अभियान जारी छ ।” गोठ भत्काउन छुट्टै प्रहरी टोली परिचालन गरिएको छ ।
अभियनामा यहाँका स्थानीय, जनप्रतिनिधि तथा विभिन्न सङ्घ संस्थाको सहभागिता रहँदै आएको छ । जिल्लालाई आगामी फागुन महिनाभित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने गरी छाउपडी गोठ भत्काउने अभियानलाई तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।